स्थानीय

संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो । लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्‍याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभयो । तर संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै सभापति लामिछाने...
ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
नेपालमा पछिल्लो समय खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताहरू लामो लाइन बस्न बाध्य भएका छन्। ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था सामान्य बन्दै जानु आपूर्ति व्यवस्थापनप्रति गम्भीर प्रश्न हो। ग्यासको वास्तविक अभाव हो वा आपूर्तिमा समस्या सिर्जना गरेर बजारमा कृत्रिम अभाव देखाइएको हो भन्ने विषयमा पनि उपभोक्तामा आशंका बढेको छ।ग्यास नपाउँदा सबैभन्दा बढी मार सर्वसाधारण उपभोक्ताले खेपिरहेका छन्। दैनिक घरायसी काम प्रभावित हुनुका साथै समयको ठूलो क्षति भइरहेको छ। होटल, रेस्टुरेन्ट तथा साना व्यवसायसमेत प्रभावित भएका छन्। नियमित रूपमा खरिद गर्नुपर्ने अत्यावश्यक वस्तुका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था राज्यको आपूर्ति व्यवस्थापन कमजोर भएको संकेत हो।सरकारले ग्यासको आपूर्ति, आयात, भण्डारण र वितरणको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्नुपर्छ। बजारमा पर्याप्त ग्यास हुँदाहुँद...
सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ — सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो एक वक्तव्य निकालेर सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यव...
अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका

अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका

ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाण्डौ— अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको नयाँ (https://eportal.hib.gov.np/register) मार्फत स्वास्थ्य बीमासम्बन्धी धेरै काम अब अनलाइनबाटै गर्न सकिने भएको हो । यसबाट बीमा शुल्क तिर्न, केवाईसी विवरण अपडेट गर्न, बीमालेख हेर्न तथा डिजिटल स्वास्थ्य बीमा कार्ड डाउनलोड गर्न सकिन्छ । तपाईं पहिले नै स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने सबैभन्दा पहिले स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल (www.eportal.hib.gov.np) खोल्नुहोस् । त्यसपछि त्यहाँ ‘पहिले नै खाता छ ?’ भन्ने प्रश्न चिह्नसहितको निलो अक्षरमा एक छोटो जानकारी देख्नुहुनेछ । त्यसपछि तपाईंले त्यसको ठीक तलपट्टि तीर चिन्हसहितको ‘साइन इन’ भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ । अब त्यहाँ ‘पुरानो एचआईबी विवरण ल्याउनुहोस्’ भन्ने विकल्पमा गएर क्लिक गर्न...
नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
लामखुट्टे सानो जीव हो, तर यसले निम्त्याउने स्वास्थ्य जोखिम निकै ठूलो छ। आज ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस मनाइरहँदा नेपालमा लामखुट्टेबाट सर्ने रोगको जोखिम र त्यसको नियन्त्रणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता झनै बढेको छ।लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकनगुनिया, कालाजार, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसजस्ता रोग फैलिन्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन् भने गएको आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएको तथ्यांकले समस्या सामान्य नभएको स्पष्ट पार्छ।अझ चिन्ताको विषय जलवायु परिवर्तनसँगै लामखुट्टेको बासस्थान र रोग फैलिने क्षेत्र विस्तार हुँदै जानु हो। कुनै समय गर्मी र तराईका क्षेत्रमा बढी देखिने लामखुट्टेबाट हुने रोग अहिले उच्च हिमाली तथा पहाडी क्षेत्रमा समेत जोखिमका रूपमा देखिन थालेका छन...
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
४ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै गत बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको मूल्य १०.११ प्रतिशत अर्थात् प्रतितोला २८ हजार ८ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ । आज चाँदी तोलामा २६० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ८५५ रुपैयाँ कायम गरेको छ । ...
आज १८ जिल्लामा बाढीको जोखिम

आज १८ जिल्लामा बाढीको जोखिम

Breaking news 2, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ — आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाले ती जिल्ला भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पहाडी भू–भागमा वर्षाको पानी छोटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकाले पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोलानजिक जान दिने वा बाढीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बि...
धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ — राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । विभिन्न माग राखेर ५ दिनदेखि ललितपुरको पुल्चोकमा रहेको मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ । आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएकोे छ । विज्ञप्तिमा धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनिहरुलाई उचित ठाउँमा स्थानान्तर गर्न र स्वास्थोपचार, बसोबास र शान्ति सुर...
बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तारको काम केही स्थानीयको अवरोधका कारण रोकिएको छ । सडक सीमाभित्र बनेका घरधनीले संरचना हटाउन नमानेपछि लामो समयदेखि सडक विस्तारको काम अलपत्र परेको हो ।बुधबार सडक सीमाभित्र अतिक्रमण भएको क्षेत्र छुट्याएर पुनः नापजाँच तथा रेखांकन गर्न पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सडक विस्तारका लागि पटक–पटक प्रयास भए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए ।उनका अनुसार मिलनचोकदेखि सुन्दरचोकसम्म करिब १८० मिटर सडक यसअघि नै विस्तार भइसकेको छ । बाँकी करिब १५० मिटर सडक भने स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको छैन ।मिलन पथमा २०५६ सालमै ४१ फिट सडक कायम गरिएको भए पनि सडक क्षेत्रमा बनेका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भएको वडाध्यक्ष पंगेनीले बताए । ‘यो क्षेत्रमा पर्ने केही ...
ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय