प्रविधियुक्त संयन्त्र सहितको सभ्य समाज नेपाल प्रहरीको अवधारणा: आईजीपी दान बहादुर कार्की
बुटवलनेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित र सभ्य समाज निर्माणमा नेपाल प्रहरी हरपल लागि रहेको वताएका छन्।इलाका प्रहरी कार्यालय बुटवलको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले समाजमा सहयोगापेक्षित हरुलाई सहयोग गर्दै शान्ति, सुव्यवस्था, अमनचयन स्थापित गर्नका लागि हरेक नागरिक आफुले सत्कर्म गर्ने र समाजमा सकारात्मकता विस्तार गर्न आवस्यक रहेको धारणा राखेका थिए।
उनले नागरिक कानुनी मान्यता अनुसार अगाडि बढ्ने, कानुन नमान्ने लाई कारवाही संगै दोषीको पनी मानव अधिकारको प्रत्याभूति दिलाएर कार्य गर्ने वताएका छन्।आईजीपी कार्कीले समस्यामा परेका नागरिकलाई कसैको भनीसुनी गर्न आवस्यक नपर्ने, समस्या लिएर प्रहरि समक्ष पुग्दा समस्याका आधारमा समाधान गर्न कशुर बांकी नराख्ने प्रतिवद्धता संगै प्रहरीलाई निर...








