बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश



बुटवल
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो।

उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण/परमादेश रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो।

अदालतले उद्योगले वातावरणीय प्रदूषण गरे वा नगरेको विषयमा अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्दा कच्चा पदार्थ तथा उत्पादित सामग्री व्यवस्थापनमा समस्या आउन सक्ने अदालतको ठहर छ।

त्यसैगरी, उद्योग एक्कासि बन्द हुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उद्योग सञ्चालकको पेसा–व्यवसाय गर्न पाउने मौलिक हकमा प्रत्यक्ष असर पर्ने देखिएकाले सुविधा र सन्तुलनका आधारमा यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिइएको अदालतले जनाएको छ।

बुटवल–११, सांग्रिला टोलका स्थानीय हरि शर्मा कार्कीलगायतले उद्योगबाट वातावरणीय प्रदूषण भएको दाबी गर्दै बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत उजुरी परेको थियो।

उजुरीपछि घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले असोज ५ गते उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर, उद्योग बन्द गराउनुअघि कुन कानुनी आधारमा र कुन मापदण्ड उल्लङ्घनका कारण वातावरणीय असर परेको हो भन्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै उद्योग सञ्चालक भुसाल अदालत पुगेका थिए।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलराज जोशी, राममणि भुजेल र अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गरेका थिए। विपक्षी जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता ऋषिकेशव बस्याल तथा हरि कार्कीका तर्फबाट अधिवक्ताद्वय गोकर्णसिंह थापा र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए।

यसैबीच, अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले उद्योगमा पुगेर अनुगमन गर्ने धम्की दिएको र स्थानीयलाई समेत आन्दोलित गराई उद्योगीलाई हतोत्साहित बनाएको भन्दै रुपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य संघले आपत्ति जनाएका छन्।

दुवै उद्योगी संस्थाले विज्ञप्ति जारी गर्दै संवेदनशील विषयमा सम्बन्धित पक्षले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पत्रकारहरूको ध्यानाकर्षण गराएका छन्।

छुटाउनुभयो कि ?

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...
प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भ...
४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

काठमाडौंधितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स...