तिनाउ तटिय क्षेत्र बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह



बुटवल
तिनाउ नदी बाढीका कारण बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा पाँच घर बगेका छन्। राति १२ : ४५ बजेतिर घर बगेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै तिनाउ नदीमा जलसतह बढेर सतर्कता तह पार गरेको थियोे । बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा ९ सय जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते राति ८ बजे बुटवल जलमापन केन्द्रमा तिनाउ नदीको जलसतहले सतर्कता तह पार गरेको हो। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

तिनाउमा आएको बाढी र नदी कटानका कारण बुटवल–११ टप मझुवाका पाँच घर बगेका हुन्। घरमा क्षति पुगेपछि त्यहाँ रहेका परिवारलाई जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बुटवल ११ का जनप्रतिनिधि नकुल शाही ठकुरीले जानकारी दिएका छन् ।

बाढीको बहाव बढ्दै गएसँगै टिनाउ किनारका अन्यबस्तीसमेत जोखिममा परेका छन्। स्थानीयवासीलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
जलसतह अझै बढ्न सक्ने भएकाले टिनाउ तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।आज बिहान पानिको सतह घटेको छ ।

छुटाउनुभयो कि ?

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

श्रीराम ज्ञवालीचिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित र...
बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

काठमाडौँअविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

काठमाडौँप्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठक...
आजदेखि सोह्र श्राद्ध शुरुवात

आजदेखि सोह्र श्राद्ध शुरुवात

काठमाडौंप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।आश्वि...