मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं
जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

छुटाउनुभयो कि ?

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

बुटवलनिर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभरका हलमा...
आजको प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक छलफलका लागि प्रस्तुत गरिँदै

आजको प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक छलफलका लागि प्रस्तुत गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विभिन्न विधेयकमा...
नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

बुटवलसम्बन्धित सरकारी नियामक निकायविनै उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्षले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउन...