जीवनशैली

पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ६ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने हुनु भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उहा लुम्बिनी आउने कार्यक्रम रहेको पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक  हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिनु भएको छ । ...
जनताको करको सदुपयोग हुनुपर्छ : रुरुक्षेत्र गाउँपालिका गुल्मीका उपाध्यक्ष मिनादेवी गौतम

जनताको करको सदुपयोग हुनुपर्छ : रुरुक्षेत्र गाउँपालिका गुल्मीका उपाध्यक्ष मिनादेवी गौतम

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमले जनप्रतिनिधिले आफ्नो हैसियत भुलेर आफ्नो कार्यकालमा जनताको करबाट आएको सरकारको कोषबाट अनावश्यक भोग विलासमा रमाउन नहुने बताइन्। सञ्चारपत्र सँगको कुराकानीमा उनले जनताको नासो जनतालाई नै उपलब्ध गराउने हिसाबले आफूले पालिकामा गतिविधि गरिरहेको बताइन्। उनले रुरुक्षेत्रले आफ्नो कार्यकालमा गाउँपालिका प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह गरेको ,पालिकामा आवश्यक स्थानमा स्वास्थ्य चौकी १५ शैयाको भवन निर्माण भइरहेको बताइन् , साथै स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराएको बताइन् । उनले आवश्यक सडक विस्तार स्वरुप रिङरोड कालोपत्रे गरेको ,आवश्यक सडकहरूको पहुँच नागरिकका टाेलटोलमा पुर्‍याएको ,पक्की पुल लगायतका सडक सञ्जाल विस्तार गरेको वताईन् । सिंचाई सुविधाका लागि विभिन्न स्थानमा सिंचाई योजना सम्पन्न गरेको ,कृषकको सेवाका लागि कोल्डस्टोर ...
लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो

लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो

Breaking news 3, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज
बुटवल उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको बताउँदै उनले पूँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।  नेपालका ठूला उद्योगीहरुनै निजी बैंकको सञ्चालक रहेको बताउँदै उनले राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गरे । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आश्यकता समेत रहेको उल्लेख गरे । नीतिगत रुपमै...
बुटवलमा दिपल ईभी प्रति क्रेताहरुकाे बढ्दाे आकर्षण

बुटवलमा दिपल ईभी प्रति क्रेताहरुकाे बढ्दाे आकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल ,कात्तिक २८ लुम्बिनी प्रदेशको बुटवल क्लब डेनोभोमा दिपल ईभी सार्वजनिक भएको दाेस्राे दिन बुधवार मध्यान्न सम्म ५ वटा बुकिङ भईसकेकाे छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो । आइतबार बुटवलमा एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका थिए  । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको र २० वटा बिक्री गर्ने लक्ष्य पुराहुनेमा विस्वस्थ रहेकाे वताए । उ...
हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभ...
रुपन्देही ब्यापार संघको रजत महोत्सवमा रक्तदान

रुपन्देही ब्यापार संघको रजत महोत्सवमा रक्तदान

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघको सचिवालमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए।  संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे।  उनले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।  संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघको २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएका कार्यक्रम र त्यसमा देखिएको सहभागीता आफुहरु निकै नै उत...
अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार
हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।  प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ...
विद्युतीय व्यवसायी संघ तथा क्रिमसन हस्पिटलले गर्यो निःशुल्क  क्यान्सर रोग परीक्षण

विद्युतीय व्यवसायी संघ तथा क्रिमसन हस्पिटलले गर्यो निःशुल्क क्यान्सर रोग परीक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघको आयाेजना तथा क्रिमसन हस्पिटलको सहआयोजनामा निःशुल्क क्यान्सर रोग परीक्षण गरिएको छ। विद्युतीय व्यवसायी संघ रूपन्देहीको प्रशासनिक भवन तिलोत्तमा वार्ड नम्वर ७ दल्का ,भलवारीमा शनिबार निःशुल्क क्यान्सर रोग परीक्षण शिविर सञ्चालन भएको हो। संस्थाका अध्यक्ष सागर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष तथा रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र पाण्डेयले व्यवसायीहरु व्यवसाय सँगै सामाजिक काममा अग्रसर हुँदै स्वास्थ्य शिविर तथा अन्य सामाजिक काममा सक्रिय भइरहेको बताए । रूपन्देही विद्युतीय व्यवसायी संघको भवन निर्माण संयोजक समेत रहेका पाण्डेयले भवन निर्माणमा व्यवसायीहरु साथै क्रिमिसन हस्पिटलका अध्यक्ष तथा तिलोत्तमा वार्ड नम्बर ७ का पूर्व अध्यक्ष दुर्गा पाण्डेले जग्गा उपलब्ध ...
राजश्व चुहावटमा कठोर बन्दै सरकार, अनुगमनका लागि छुट्टाछुट्टै दुई संयन्त्र

राजश्व चुहावटमा कठोर बन्दै सरकार, अनुगमनका लागि छुट्टाछुट्टै दुई संयन्त्र

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार पहिलो अनुगमन समिति प्रधानमन्त्री कार्यालयको राजश्व महाशाखा हेर्ने प्रमुखको नेतृत्वमा रहनेछ । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक (एआईजी)को समेत सहभागी हुनेछन् । त्यस्तै, दोस्रो समिति अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुखको नेतृत्वमा रहनेछ । उक्त समितिमा समेत दुवै प्रहरी संगठनका एआईजीहरु सहभागी हुनेछन् । यसरी गठन भएको समितिले राजश्व चुहावटसम्बन्धी अनुगमन गर्ने भनिए पनि दुई समितिका कार्यक्षेत्र के हुने भन्नेबारे निर्णयमा उल्लेख गरिएको छैन । बैठकले राजश्व प्रशासन र सुरक्षा निकायका प्रतिनिधिको समेत सहभागिता रहने गरी ...
कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति

कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाज, सम्पादकिय, स्थानीय
बुटवल रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ सुन्दर बस्तीका ओमप्रकाश वाग्ले र उनकी श्रीमती सिता वाग्लेले कृषि तथा पशुपालनबाट दुध बिक्री गरी मासिक ३ लाख आम्दानी गर्छन् । ४ वर्ष अगाडि मल्टी प्रोफेसनल एग्रो प्राली नामक कृषि फर्म दर्ता गरी आफ्नो व्यक्तिगत लगानी साथै सबसिटी लोन मार्फत ५० लाखको लगानीबाट व्यवसाय सञ्चालन गरेका वाग्ले र उनकी श्रीमती सीताले दैनिक करिब १ सय लिटर दुध बिक्री गर्छन् । वाग्ले दम्पतिले आफ्नो उत्पादित दूध सैनामैनाका दूध डेरीहरूले खरिद गर्ने र प्रति लिटर ९१ रुपैयाँको दरमा खरिद गर्ने गरेको बताए । २ बिघाहा क्षेत्रफलको जग्गा भाडामा लिएर ४ वर्ष पहिले देखि व्यवसाय सुरु गरेका उनीहरूको गाई ,भैंसीका अलावा बाख्रा ,माछा ,कुखुरा पालन गर्ने र कृषि उपज समेत उत्पादन र बिक्री गर्ने सोच रहेता पनि पर्याप्त लगानी र कामदारहरूको अभावले पुराहुन नसकेको दुखेसो पोखे । उनहरुल...