विद्युतीय व्यवसायी संघ तथा क्रिमसन हस्पिटलले गर्यो निःशुल्क क्यान्सर रोग परीक्षण


रूपन्देही

रूपन्देही विद्युतीय व्यवसायी संघको आयाेजना तथा क्रिमसन हस्पिटलको सहआयोजनामा निःशुल्क क्यान्सर रोग परीक्षण गरिएको छ। विद्युतीय व्यवसायी संघ रूपन्देहीको प्रशासनिक भवन तिलोत्तमा वार्ड नम्वर ७ दल्का ,भलवारीमा शनिबार निःशुल्क क्यान्सर रोग परीक्षण शिविर सञ्चालन भएको हो।

संस्थाका अध्यक्ष सागर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष तथा रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र पाण्डेयले व्यवसायीहरु व्यवसाय सँगै सामाजिक काममा अग्रसर हुँदै स्वास्थ्य शिविर तथा अन्य सामाजिक काममा सक्रिय भइरहेको बताए । रूपन्देही विद्युतीय व्यवसायी संघको भवन निर्माण संयोजक समेत रहेका पाण्डेयले भवन निर्माणमा व्यवसायीहरु साथै क्रिमिसन हस्पिटलका अध्यक्ष तथा तिलोत्तमा वार्ड नम्बर ७ का पूर्व अध्यक्ष दुर्गा पाण्डेले जग्गा उपलब्ध गराउने देखि निरन्तर साथ सहयोग गर्दै निःशुल्क क्यान्सर स्वास्थ्य शिविर समेत राखेर अतुलनीय काम गरेकोमा प्रशंसा गरे ।

उक्त भवनमा संस्थाको कार्यालय साथै किरिया पुत्री भवन पनि रहेको छ। उक्त क्षेत्रमा किरिया पुत्रीहरूका लागि उपयुक्त स्थान घरका अलावा अन्य स्थानमा उचित नरहेकाले पनि आफूहरुले उक्त सुविधा उपलब्ध गराएको बताए। उनले आगामी कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म विद्युतीय व्यवसायी महासंघले भृकुटी मण्डप, काठमाडौँमा एक्पाे राखीने र रुपन्देहीबाट सहभागिता जनाउनेलाई प्रवेश निशुल्क गरिने बताए।

कार्यक्रममा बोल्दै क्रिमसन अस्पताल मणिग्रामका अध्यक्ष दुर्गा पाण्डेले तथ्याङ्क अनुसार जनही १० जना महिलालाई स्वास्थ्य परीक्षण गर्दा १ जनालाई पाठेघर र स्तनमा क्यान्सर देखिएको स्मरण गराउँदै समयमा परीक्षण गरी उपचार र उपाय अपनाएमा पहिलो चरणका निको हुने बताए । उनले आफ्नाे अस्पतालमा २२ जना विशेषज्ञ डाक्टर रहेको र क्यान्सर रोग सम्बन्धी दुईजना डाक्टर रहेकोले हरबखत सेवा लिन सकिने बताए।

उनले क्रिमसन अस्पतालमा जनरल चेकजाँचका लागि १ सय रुपियाँ शुल्क राखिएको बताए । उनले ज्यान र धन जान सक्ने खतराबाट मुक्त हुन समयमै परीक्षण ,उपचार र समाधानका बारेमा जानकारी हुनुपर्ने बताए ।

उनले डाक्टर सहित र परीक्षण सामग्री सहित आफ्नो टिम आएको बताए।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सागर खरेलले संस्थालाई भवन निर्माण गर्नेदेखि हरेक समयमा साथ दिने सहयोगीहरूप्रति आभार व्यक्त गर्दै ,रूपन्देही विद्युतीय व्यवसायी संघ यसैगरी सामाजिक काममा निरन्तर अग्रसर हुने जानकारी दिए।

कार्यक्रममा बोल्दै क्रिमसन अस्पतालका वरिष्ठ गाइनोलोजिस्ट डाक्टर रूपसना हकले क्यान्सर परीक्षण गर्दा प्रथम चरणमा देखिए पनि निको हुने हुनाले हतास भइहाल्नु नपर्ने र समाधानका बारेमा जानकार हुन आग्रह गरिन्।

उनले प्रथम चरणको क्यान्सर नियमित उपचार पश्चात २/३वर्षमा हराएर जाने बताइन्। उनले अहिले धेरै महिला लाज र डरका कारण अस्पताल जान र परीक्षण गर्न नगएकोले यो चरम लापरवाही भएको हुनाले समयमै परीक्षण गरी उपचार र समाधानमा लाग्न आग्रह गरिन्।

संस्थाका महासचिव विष्णु भण्डारीले कार्यक्रम सञ्चालन गरेको उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्नेहरूको उल्लेखनीय सहभागिता थियो।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...