राजश्व चुहावटमा कठोर बन्दै सरकार, अनुगमनका लागि छुट्टाछुट्टै दुई संयन्त्र


राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार पहिलो अनुगमन समिति प्रधानमन्त्री कार्यालयको राजश्व महाशाखा हेर्ने प्रमुखको नेतृत्वमा रहनेछ । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक (एआईजी)को समेत सहभागी हुनेछन् ।

त्यस्तै, दोस्रो समिति अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुखको नेतृत्वमा रहनेछ । उक्त समितिमा समेत दुवै प्रहरी संगठनका एआईजीहरु सहभागी हुनेछन् । यसरी गठन भएको समितिले राजश्व चुहावटसम्बन्धी अनुगमन गर्ने भनिए पनि दुई समितिका कार्यक्षेत्र के हुने भन्नेबारे निर्णयमा उल्लेख गरिएको छैन ।

बैठकले राजश्व प्रशासन र सुरक्षा निकायका प्रतिनिधिको समेत सहभागिता रहने गरी ‘राजश्व चुहावट निगरानी केन्द्र’ स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तो केन्द्र स्थापना गर्दा सरकारलाई अतिरिक्त भार नपर्ने गरी अहिलेकै संयन्त्रलाई थप जिम्मेवारी दिइनेछ । यो केन्द्रले ‘टोल फ्री नम्बर’को व्यवस्था गर्ने र उक्त टोल फ्रीबाट आउने राजश्व चुहावटका सूचना उपर तत्काल कारबाही अगाडि बढाउने निर्णय समेत भएको छ ।

त्यस्तै, बैठकले स्थानीयस्तर (जिल्ला जिल्लामा) मा हुने गरेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई नियमित रुपमा सञ्चालन गर्ने, यस समितिमार्फत् राजश्व चुहावटको जोखिमपूर्ण क्षेत्रमा गस्ती परिचालन गर्ने, उच्च निगरानी बढाउने र नियमित अनुगमन गर्ने कार्यलाई निरन्तरता तीव्रता दिई राजस्व चुहावट नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।  

अबदेखि राजश्व चुहावटसँग सम्बन्धित कार्यमा खटिने कर्मचारीको कार्यसम्पादन मूल्यांकनका लागि समेत राजश्व चुहावटको कार्यसम्पादनलाई आधार बनाउने बैठकले निर्णय गरेको छ । त्यस्तै, कारोबारको न्यून बिजकीकरणमार्फत् भइरहेको राजस्व चुहावटलाई निरुत्साहित गर्न आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा राजस्व अनुसन्धान विभागले आ–आफ्नो कार्यक्षेत्रमा विशेष अभियान चलाउने, निकायहरुबिच समन्वयात्मक बैठक बैठकलाई नियमित गर्ने र यस कार्यमा संलग्न रहने जो कोहीलाई तत्काल कानुनी कारबाही गर्ने गराउने निर्णय समेत बैठकले गरेको छ ।

त्यसो त तीन निकायको समन्वय प्रभावकारी बनाउनेगरी यसअघि पनि निर्णय भएको थियो । बैठकले राजस्व चुहावट नियन्त्रणका छाता संगठनमार्फत् सचेत गराउने निर्णय समेत गरेको छ ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...