लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो


बुटवल

उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको बताउँदै उनले पूँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

नेपालका ठूला उद्योगीहरुनै निजी बैंकको सञ्चालक रहेको बताउँदै उनले राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गरे । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आश्यकता समेत रहेको उल्लेख गरे । नीतिगत रुपमै सुधारका लागि संविधान संसोधनसम्मको एजेण्डा लिएर वर्तमान सरकार निर्माण भएको उनले उल्लेख गरे ।  

रुपन्देही ब्यापार संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वदेशी उत्पादनमा जोड दिए । सरकारले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नका लागि सकारकारी कार्यालयहरुमा अनिवार्य प्रयोगका लागि कार्यविधि ल्याउने तयारीमा रहेको उल्लेख गरे । ‘यहाँ केही पनि छैन भनेर विदेश पलायत हुने भाष्य निर्माण भएको छ । कुण्ठा बोकेर विदेश पलायन तथा त्यतै सम्भावना देखेर युवाहरु बुवा–आमालाई नेपाल छाडेर बस्ने प्रचलन आएको छ ।’–मन्त्री भण्डारीले भने, अब नेपालमै सम्भावना छ भन्ने वातावरण निर्माणका लागि सरकारले प्रयास गरेको छ । 

यसैगरी रुपन्देहीमा खुला भारतीय सीमानाकाबाट हुने गतिविधिका बारेमा सरकारले गम्भिर रुपमा लिएको बताउँदै आफ्नो मन्त्रालयले चाडैनै आवश्यक निर्णय लिएर कार्यान्वयन गर्ने बताएका छन् । सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा समेत उद्योगीहरुको आकर्षण बढ्दै गएको बताउँदै उनले थप सुधारका लागि सरकार लागिरहेको उल्लेख गरे । मातीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरुको सञ्चालन गरिने उनले बताए । शिलान्यासको समयमा ढुङ्गा–मुढा गरेर मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा भएका अबरोध बारे स्मरण गर्दै उनले अब विवाद नरहेको क्षेत्रबाट सञ्चालनको कार्यलाई अघि बढाइने बताए । 

यसैगरी लामो समयदेखि विवादित बन्दै आएको ट्रंक लाइन र डेडिकेटेड लाइनका बारेमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन प्रत्येक जनताले हेर्न पाउने गरी सरकारले सार्वजनिक गरेको बताउँदै उनले अब छिट्टै समस्याको समाधान हुने विश्वा व्यक्त गरे । विभिन्न बहानामा औद्योगिक क्षेत्र तथा निजी क्षेत्रमाथि भएका प्रहारका बारेमा सरकार गम्भिर रहेको बताउँदै उनले लगानी मैत्री वातावरण बनाउने पक्षमा सरकार रहेको उल्लेख गरे । मुलुकको आर्थिक बिकासका लागि सरकार निजीक्षेत्रसँग अघि बढ्ने प्रतिवद्धता गरे । 

छुटाउनुभयो कि ?

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) दे...
आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्...