कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति


बुटवल

रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ सुन्दर बस्तीका ओमप्रकाश वाग्ले र उनकी श्रीमती सिता वाग्लेले कृषि तथा पशुपालनबाट दुध बिक्री गरी मासिक ३ लाख आम्दानी गर्छन् ।

४ वर्ष अगाडि मल्टी प्रोफेसनल एग्रो प्राली नामक कृषि फर्म दर्ता गरी आफ्नो व्यक्तिगत लगानी साथै सबसिटी लोन मार्फत ५० लाखको लगानीबाट व्यवसाय सञ्चालन गरेका वाग्ले र उनकी श्रीमती सीताले दैनिक करिब १ सय लिटर दुध बिक्री गर्छन् । वाग्ले दम्पतिले आफ्नो उत्पादित दूध सैनामैनाका दूध डेरीहरूले खरिद गर्ने र प्रति लिटर ९१ रुपैयाँको दरमा खरिद गर्ने गरेको बताए ।

२ बिघाहा क्षेत्रफलको जग्गा भाडामा लिएर ४ वर्ष पहिले देखि व्यवसाय सुरु गरेका उनीहरूको गाई ,भैंसीका अलावा बाख्रा ,माछा ,कुखुरा पालन गर्ने र कृषि उपज समेत उत्पादन र बिक्री गर्ने सोच रहेता पनि पर्याप्त लगानी र कामदारहरूको अभावले पुराहुन नसकेको दुखेसो पोखे । उनहरुले आम्दानीको ६५% कामदार ,दानापानी लगायतका क्षेत्रमा खर्च हुने र बाँकी बचत हुने गरेको बताए ।

सरकारले कृषि क्षेत्रलाई महत्व दिएको भएतापनि जनस्तरसम्म सुविधा नपुगेकोले कृषि पेशामा रुचि राख्ने नागरिकले अध्ययन गरी प्रक्रियाको जानकारी लिई व्यवसायमा लागेमा कृषि व्यवसाय राम्रो रहेको जनाए । उनीहरुले आफूहरुले उत्पादन गरेको अर्गानिक कृषि उपज ,दुधजन्य चिजहरु र दैनिक बिहान ४ बजेदेखि मेहनत गर्नुपर्ने भएकाले शरीरलाई कुनै व्यायामको आवश्यकता नपर्ने र अर्गानिक खाना खानाले रोगव्याधिको डर पनि कम हुने जानकारी दिए।

संचारपत्र सँगको कुराकानीमा उनीहरुले “हामीले व्यवसाय पहिलादेखि नै सुरु गर्नुपर्ने रहेछ अन्य पेशा, व्यवसायमा समय र लगानी लगाउँदा पैसा र समय नोक्सान भएकोमा पछुतो लागेको छ, सरकारले महत्त्व दिएको कृषि व्यवसायलाई जनस्तरसम्म पहुँच पुर्‍याउने र प्रक्रिया बुझी कृषि लोन मार्फत र काम गर्ने विश्वासीला कामदार पाउने हो भने राम्रो गर्न सकिने आफूहरूलाई लागेकाे छ “।

साथै उनले सरकारले दिएको सुविधा जनस्तरसम्म नपुग्ने विचमा दलालहरुले फर्म दर्ता गरी सरकारको सुविधा लिई अनुगमनमा आउँदाका लागि मात्र देखाएर पैसा कुम्लाउने गरेको र वास्तविक कृषि व्यवसायीसम्म नपुगेकोले सरोकारवाला सबै सचेत र संयमित हुन सुल्झाए ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...