कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति


बुटवल

रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ सुन्दर बस्तीका ओमप्रकाश वाग्ले र उनकी श्रीमती सिता वाग्लेले कृषि तथा पशुपालनबाट दुध बिक्री गरी मासिक ३ लाख आम्दानी गर्छन् ।

४ वर्ष अगाडि मल्टी प्रोफेसनल एग्रो प्राली नामक कृषि फर्म दर्ता गरी आफ्नो व्यक्तिगत लगानी साथै सबसिटी लोन मार्फत ५० लाखको लगानीबाट व्यवसाय सञ्चालन गरेका वाग्ले र उनकी श्रीमती सीताले दैनिक करिब १ सय लिटर दुध बिक्री गर्छन् । वाग्ले दम्पतिले आफ्नो उत्पादित दूध सैनामैनाका दूध डेरीहरूले खरिद गर्ने र प्रति लिटर ९१ रुपैयाँको दरमा खरिद गर्ने गरेको बताए ।

२ बिघाहा क्षेत्रफलको जग्गा भाडामा लिएर ४ वर्ष पहिले देखि व्यवसाय सुरु गरेका उनीहरूको गाई ,भैंसीका अलावा बाख्रा ,माछा ,कुखुरा पालन गर्ने र कृषि उपज समेत उत्पादन र बिक्री गर्ने सोच रहेता पनि पर्याप्त लगानी र कामदारहरूको अभावले पुराहुन नसकेको दुखेसो पोखे । उनहरुले आम्दानीको ६५% कामदार ,दानापानी लगायतका क्षेत्रमा खर्च हुने र बाँकी बचत हुने गरेको बताए ।

सरकारले कृषि क्षेत्रलाई महत्व दिएको भएतापनि जनस्तरसम्म सुविधा नपुगेकोले कृषि पेशामा रुचि राख्ने नागरिकले अध्ययन गरी प्रक्रियाको जानकारी लिई व्यवसायमा लागेमा कृषि व्यवसाय राम्रो रहेको जनाए । उनीहरुले आफूहरुले उत्पादन गरेको अर्गानिक कृषि उपज ,दुधजन्य चिजहरु र दैनिक बिहान ४ बजेदेखि मेहनत गर्नुपर्ने भएकाले शरीरलाई कुनै व्यायामको आवश्यकता नपर्ने र अर्गानिक खाना खानाले रोगव्याधिको डर पनि कम हुने जानकारी दिए।

संचारपत्र सँगको कुराकानीमा उनीहरुले “हामीले व्यवसाय पहिलादेखि नै सुरु गर्नुपर्ने रहेछ अन्य पेशा, व्यवसायमा समय र लगानी लगाउँदा पैसा र समय नोक्सान भएकोमा पछुतो लागेको छ, सरकारले महत्त्व दिएको कृषि व्यवसायलाई जनस्तरसम्म पहुँच पुर्‍याउने र प्रक्रिया बुझी कृषि लोन मार्फत र काम गर्ने विश्वासीला कामदार पाउने हो भने राम्रो गर्न सकिने आफूहरूलाई लागेकाे छ “।

साथै उनले सरकारले दिएको सुविधा जनस्तरसम्म नपुग्ने विचमा दलालहरुले फर्म दर्ता गरी सरकारको सुविधा लिई अनुगमनमा आउँदाका लागि मात्र देखाएर पैसा कुम्लाउने गरेको र वास्तविक कृषि व्यवसायीसम्म नपुगेकोले सरोकारवाला सबै सचेत र संयमित हुन सुल्झाए ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...