रुपन्देही ब्यापार संघको रजत महोत्सवमा रक्तदान


बुटवल

रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघको सचिवालमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए। 

संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे। 

उनले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। 

संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघको २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएका कार्यक्रम र त्यसमा देखिएको सहभागीता आफुहरु निकै नै उत्साहित भएको जनाउदै आगामी दिनमा संघको गरिमा र समाजप्रतिको उत्तरदायित्व अझ बलियो बनाएर लैजाने प्रतिवद्धता जनाए। 

कस्मेटिक्स तथा गिफ्ट वस्तुगत उपसमितिको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संघका सल्लाहाकार समितिका संयोजक तेजप्रसाद विक, कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक सरोज ज्ञवाली फर्सुराम पन्त लगायत बोलेका थिए।  

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ। साता व्यापी कार्यक्रम अनुसार मंगलवार कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा विहान प्रभातफेरी कार्यक्रम आयोजना गरिदैछ। सोही दिन संघको सचिवालयमा रुपन्देहीमा स्थानीय, प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिएको छ। प्रदेशका कार्यवहाक मुख्यमन्त्री भुमिश्वर ढकालको प्रमुख आतित्यथामा हुने कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्नेछन्।

रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने महासचिव फर्सुराम पन्थले बताए।

छुटाउनुभयो कि ?

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) दे...