जनताको करको सदुपयोग हुनुपर्छ : रुरुक्षेत्र गाउँपालिका गुल्मीका उपाध्यक्ष मिनादेवी गौतम


गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमले जनप्रतिनिधिले आफ्नो हैसियत भुलेर आफ्नो कार्यकालमा जनताको करबाट आएको सरकारको कोषबाट अनावश्यक भोग विलासमा रमाउन नहुने बताइन्।

सञ्चारपत्र सँगको कुराकानीमा उनले जनताको नासो जनतालाई नै उपलब्ध गराउने हिसाबले आफूले पालिकामा गतिविधि गरिरहेको बताइन्। उनले रुरुक्षेत्रले आफ्नो कार्यकालमा गाउँपालिका प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह गरेको ,पालिकामा आवश्यक स्थानमा स्वास्थ्य चौकी १५ शैयाको भवन निर्माण भइरहेको बताइन् , साथै स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराएको बताइन् ।

उनले आवश्यक सडक विस्तार स्वरुप रिङरोड कालोपत्रे गरेको ,आवश्यक सडकहरूको पहुँच नागरिकका टाेलटोलमा पुर्‍याएको ,पक्की पुल लगायतका सडक सञ्जाल विस्तार गरेको वताईन् । सिंचाई सुविधाका लागि विभिन्न स्थानमा सिंचाई योजना सम्पन्न गरेको ,कृषकको सेवाका लागि कोल्डस्टोर सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको ।

धार्मिक स्थल रुरुक्षेत्र धाम रिडिमा अर्घाखाँची छात्रदेव गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाको संयुक्त लगानीमा मलामीहरूको लागि आश्रय स्थलको निर्माण गरेको छ। साथै भरतपुर महानगर र रुरुक्षेत्र गाउँपालिकाको सहलगानिमा श्रृङ्गेश्वर धाम तपोभूमिमा पूर्वाधार निर्माण कार्य भइरहेको छ।

गाउँपालिकामा थप प्रहरी चौकी स्थापना गरेको छ। नीति कार्यक्रमलाई प्रभावकारी बनाउन बजार अनुगमनलाई निरन्तर गरिरहेको छ। विपदमा तथा उपचारको लागि आर्थिक अवस्था कमजोर रहेका पालिकावासीलाई सहजताका साथ स्वास्थ्य सेवा उपलब्ध गराएको छ। प्रत्येक स्वास्थ्य चौकीमा समय समयमा विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराउने र जेष्ठ तथा असाहाय नागरिकलाई घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ। समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ। पालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको छ। प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरेको छ।

कृषि तथा पशुपालनमा आत्मनिर्भर गाउँपालिका निर्माणका लागि रुरु कृषि परियोजना सञ्चालन गरेको छ। पशुपालन गर्ने कृषकलाई निःशुल्क कृत्रिम गर्भाधानको व्यवस्था मिलाएको छ। आधुनिक प्रविधिबाट कृषि उपार्जनका लागि कृषकलाई कृषि यन्त्र तथा प्रविधिहरू वितरण गरेको छ। कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेबिज खोप उपलब्ध गराएको छ ।

क्याम्पस पढ्ने विद्यार्थीलाई आंशिक रोजगार र आयार्जनसँग जोड्ने ।

,गाउँपालिकामा रहेकाे क्याम्पसलाई स्तर उन्नति गर्ने, सहयोग जुटाउने ,सरकारी विद्यालयहरूलाई चुस्त दुरुस्त राख्ने गाउँपालिका बासी शिक्षाबाट विमुख नहुने हिसाबले काम कारबाही अगाडि बढाएको छ।

छाेटाे वसाईमा सम्पुर्ण पूरा भएका , चलिरहेका र याेजनामा रहेका कामहरु ,गतिविधि सविस्तार गर्न नसकेकाे वताईन्।

रुरुक्षेत्र गाउँपालिका कार्यप्रगतिका हिसाब राज्यबाट सम्मानित पनि भएको छ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...