नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका रहेकोमा कार्यतालिका परिवर्तन गर्दै मतदान आज मात्रै गर्ने भएको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । क–कसका लागि ती फारम लगिएको हो भन्ने यकिन भने छैन । त्यस्तै पदाधिकारीको अरू पदका लागि पनि ३० वटा फारम लगिएको छ ।
सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गर्दा दस्तुर बुझाउनुपर्नेछ ।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्...








