दिव्योपदेशमा अन्तर्निहित अर्थराजनीतिको सान्दर्भिकता


सन्दर्भ राष्ट्रिय एकता दीवस

माधवकुमार पौडेल
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले मृत्युवरण गर्नु अघि वि.स.१८३१ माघ ३१ गते बिरामीले थलिएको अवस्थामा नुवाकोटको साततले दरबारमा भारदारहरूलाई दिएको उपदेशलाई ‘दिव्य उपदेश’ भनिन्छ । पश्चिम विजय गर्न जाँदा पाएको कटु अनुभवबाट शिक्षा पाएका पृथ्वीनारायण शाह पूर्वतिर लाग्छन् । उनका कुशल सेनानायकद्धारा हाँकिएको फौज पूर्वका दुई सेनराज्य चौदण्डी र विजयपुर माथि विजय हासिल गर्न सफल हुन्छन् ।
त्यसको केहि समयपछि पश्चिमतिर राज्यविस्तार गर्ने अभियानमा नुवाकोटमा पुगेर योजना बनाउने क्रममा पृथ्वीनारायण शाह कडा रोगबाट थलिन्छन् । पश्चिमी राज्य जितेर आप्mनो राज्यमा मिलाउने उनको इच्छा पुरा हुन सक्दैन ।
यस उपदेशमा उनले आप्mनो जीवनमा घटेका महत्वपूर्ण घटनाका साथै उनका अधुरा योजनाबारे बताएका छन् । आजभन्दा २५२ बर्षअघि दिइएको यो उपदेश हाम्रा लागि
अहिलेपनि उत्तिकै सान्दर्भिक छ । एकिकरण अभियानमा भोगेका कष्ट, सफल पार्न लिइएको नीति, र एकिकृत राज्यलाई जोगाउन उनका आप्mना सन्ततीले लिनुपर्ने नीतिका बारेमा उपदेशमा प्रकाश पारिएको छ । यस आलेखमा उल्लेखित कुराहरु प्रा.दिनेशराज पन्तले लेखेको किताब श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी (वि.सं.२०७३) मा आधारित छन् ।
उपदेश गृह, परराष्ट्र, बन्दव्यापार, आयात घटाउने र निर्यात बढाउने कुरा, खेतीयोग्य जमिनको रक्षा, खानिको कुरा, सैनिक र शस्त्रसंग्रह (देशको रक्षा) जस्ता विषयमा केन्द्रित छ । यसमा
स्वतन्त्र राष्ट्र नेपालको चाहना राख्ने हरेक नेपालीले मनन गर्नुपर्ने कुराहरु समेटिएको छ ।
समयानुकुल परिमार्जन गरि पृथ्वीनारायण शाहको समयमा जस्तै आत्मनिर्भर÷दरिलो राष्ट्र बनाउन प्रेरणा मिल्छ । पृथ्वीनारायण शाह विजेता मात्र थिएनन, कुशल राजनीतिज्ञ पनि थिए ।
उनी भन्थे योग्यं योग्याय दातव्यम् अर्थात् योग्य मान्छेलाई योग्य कुरा दिनुपर्छ । जसको अन्तर्निहित अर्थ हुन्छ नातावाद, कृपावाद होईन मेरिटको आधारमा जिम्मेवारी दिनुपर्दछ ।
तत्कालीन समयमा प्रचलित उपदेशको श्रुती परम्परा अहिलेको सन्दर्भमा प्रचलित ज्ञान व्यवस्थापनको अवधारणा हो । उपदेशको मूल पाठमा लेखिएको छ—“बुढा मरे भाषा सरै
पनि भन्छन् तिमिहरु सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाइ सुनाउनं र यो राजे थामि षानन्ः ।।” प्रचलित नेपाली भाषाअनुसार यसको अर्थ हुन्छ—“बुढा मरे भाषा सरे भनी भन्छन् । तिमीहरु सबैलाई सुनाएर गएमा तिम्रा सन्तानलाई सुनाउला र तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यो राज्य थामी खानन् ।”
उपदेशमा स्थिति बाँध्ने इच्छा बडो गजब सँग अभिव्यक्त भएको पाईंन्छ। “उप्रान्त रजा राम शाहले बाँधेका स्थिति पनि हेरिसकें, राजा जयस्थिति मल्लले बाँधेका स्थिति पनि हेरिसकें, राजा महेन्द्र मल्लले बाँधेका स्थिति पनि हेरिसकें । ईश्वरले दियो भने म पनि यस्ता बन्देजका बाह्रहजारको (आप्नो राज्यका दुनियाँको) स्थिति बाँधी जाउँला भन्ने अभिलाषा थियो ।”
दिव्योपदेशमा अन्तर्निहित निम्न अर्थराजनीतिक प्रसंगहरुकोसान्दर्भिकता वर्तमानमा पनि उत्तिकै महत्वपुर्ण छन्ः परराष्ट्र नीति र भू–राजनीति पृथ्वीनारायण शाहले नेपाललाई “दुई ढुङ्गाबीचको तरुल“ को संज्ञा दिएका थिए । आज पनि नेपाल दुई ठूला उदियमान अर्थतन्त्र र शक्ति राष्ट्रहरू (भारत र चीन) को बीचमा छ । उनको यो अर्तिले नेपालले कुनै पनि शक्ति गुटमा नलागी सन्तुलित र तटस्थ परराष्ट्र नीति अपनाउनुपर्ने कुरालाई सधैं निर्देशित गरिरहन्छ ।
राष्ट्रिय एकता र सामाजिक सद्भावउनले नेपाललाई “चार वर्ण ३६ जातको साझा फूलबारी“ भनेका छन् । विविधतायुक्त
नेपाली समाजमा जातीय र क्षेत्रीय सद्भाव कायम राख्न यो विचार आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण छ । सबै जातजाति र भाषाभाषीको अस्तित्व र सम्मानले नै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने उनको स्पष्ट सन्देश थियो ।
उपदेशमा उत्तरदक्षिणको बाटो खोल्ने कुरा उल्लेख छ ।आजभन्दा ३०० बर्ष अगाडिको महत्वपूर्ण दुरदृष्टि बल्ल साकार हुँदैछ ।
राजधानीे स्थानान्तरणको प्रसंग—तीन शहर अर्थात काठमांडौ, ललितपुर र भक्तपुर चिसो ढुंगा (अल्छी राज्य) रहेछ । खेल –खाल मात्रै ठुलो रहेछ । त्यसैले मेरो मनसुबा त दहचोकमा दरबार बनाउँला र चारै दिशामा थरघर, गुरुपुरोहित, भैयाद, भारदार, मीर, उमाराउको घर बनाई छुट्टा दरबार बनाउँला र यी ३ शहरमा त दरबारबाट सोख—सयललाई मात्रै जाउँला भन्ने यस्तो अभिलाषा थियो ।
पर्सामा बजार—उप्रान्त देशका (विदेशका) महाजनलाई गढ—पर्सा (पर्सा गढ) देखि उभो (मास्तिर) आउन नदिनू । देशका (विदेशका) महाजनहरु हाम्रा मुलुकमा आए भने दुनियाँ लाई कंगाल गरी (पारी) छाड्छन् ।
राजाका धन दुनियाँ हुन् । अर्थात जनता, नागरिक नै शाषकका धन हुन् । उनिहरुकै सर्बोपरी हित सोंचेर राज्य सञ्चालन गर्नुपर्दछ । उनले “अदालतको पैसा दरवारमा नहाल्नु“भन्दै न्यायपालिका र कार्यपालिकाको आर्थिक सीमाको समेत चर्चा गरेका छन् ।कर उठाउन ठेक्का नदिनु । सरकारले अड्डा राखी कर उठाउने अड्डा राखि
आम्दानी खर्चको फाँटवारी लिनु ।भारदार र सैनिकहरुलाई धन कमाउन नदिनु । धन कमाउन थाले भने सुखसयलमा भुल्छन् र आप्नो कर्तव्यबाट बिमुख हुन्छन् । सेना र प्रहरीलाई सधैँ सजग राख्नुपर्ने र योग्यताको आधारमा पदोन्नति गर्नुपर्ने उनको धारणा थियो ।
ख्वामितको नूनको उद्धार गर्नु (सहयोगीहरुको संरक्षणको कुरा) । नुनगुनका सोझा सेवकलाई जोगाउनु । अन्याय हुन नदिनु भन्नेजस्ता कुरा उत्तिकै सान्दर्भिक छन् । सेना वा सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप हुन नहुने र उनीहरूको गाँस, वास र परिवारको चिन्ता राज्यले गर्नुपर्छ भन्ने उनको सोचले व्यावसायिक सुरक्षा संयन्त्र निर्माणमा सहयोग पु¥याउँछ ।घुस्याहालाई ठोक्नैपर्छ । नियाँनिसाफ बिगार्ने भनेका घूस दिने र घूस खाने हुन् ।
यी दुबैको त धन र जीउ हरी लिए पनि पाप छैन । यी राजाका महाशत्रु हुन् । भ्रष्टाचार र बेथितीको जगजगी भैरहेको वर्तमान सन्दर्भमा यो उपदेश निकै मार्मिक र बलशाली छ ।
प्रशासन र राजनीतिलाई स्वच्छ बनाउन उनको यो कठोर नीति आजको अनिवार्य आवश्यकता हो । त्यसैगरी राजकाज सञ्चाल गर्दा अपनाउनुपर्ने सावधानीहरु दिव्योपदेशमा उल्लेख छन्—सिपाहीलाई पायक पर्ने खान पुग्ने जग्गा दिनूलडाईंमा जस पाएकालाई माथि उकालिदिनुसिपाही र दुनियाँ राजाका सार हुन् । यिनलाई हातमा लिनु र हुलदंगा हुन पाउँदैन ।
अजानपदलाई ठूलो अधिकार नदिनु । बाहिरिया मान्छेले दरबारमा बेथिति गराउँछन् ।योग्य अन्तपालले देशको उन्नती गर्छन् ।
पुराना योग्य मानिसलाई जाँची हजूरिया बनाउँनुन्यायालयबाट आएको आम्दानी धर्मकर्ममा लाउनु—यसो गर्दा
असत्यको दोष लाग्दैनगाउँ हटाएर भएपनि खानी चलाउनु
घर हटाएर पनि खेत बनाउनुविदेशी नाचगानको बहिष्कार—यसो गरियो भने राष्ट्रिय भाषा कला संस्कृतिको सम्वद्र्धन
हुन्छ, गोपनियता रहन्छ, देशको धन देशमै रहन्छ । अहिलेको भूमण्डलिकरणको चपेटामा परेर अतिक्रमित भैरहेका हाम्रा मौलिक भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि यो उपदेशको
अनुसरण गर्न सकिन्छ ।


दिव्य उपदेशमा उल्लेखित आर्थिक नीतिका मुख्य पक्षहरू यस प्रकार छन्ः
१. आत्मनिर्भरता र आयात प्रतिस्थापन
पृथ्वीनारायण शाहले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका थिए । उनले भनेका थिए—“आफ्ना देशका कपडा बुन्नु र अर्का देशको कपडा लाउनु पर्यो भने नमुना
मात्रै ल्याउनु ।” आज नेपालको व्यापार घाटा निकै उच्च छ। उनले उतिबेलै विलासी सामान आयात नगर्न र स्वदेशी उद्योग लाई बढावा दिन सिकाएका थिए, जुन आजको ‘मेक इन
नेपाल’ जस्तै अवधारणा हो ।
२. प्राकृतिक स्रोत र खानीको संरक्षण
खानी भएको ठाउँमा बस्ती भएमा बस्ती सारेर पनि खानी चलाउनु र खेतीयोग्य जमिनमा घर नबनाउनु भन्ने उनको स्पष्ट नीति थियो । “खानी भएको ठाउँमा गाउँ भए पनि गाउँ अरू ठाउँमा सारी खानी चलाउनु । कृषि नीतिः “खेत भएको ठाउँमा घर भए पनि घर अर्को ठाउँमा सारी खेत बनाउनु ।” हाल नेपालमा खेतीयोग्य जमिनमा प्लटिङ भई सहर बन्ने र खानीहरू अलपत्र पर्ने समस्या छ। उनको यो नीतिले भूमि उपयोग र प्राकृतिक स्रोतको सही परिचालनमा जोड दिन्छ ।
३. वैदेशिक व्यापार र पुँजी पलायनको रोक
उनले विदेशी व्यापारीहरू (विशेषगरी इस्ट इन्डिया कम्पनीका व्यापारी) लाई देश पस्न दिनु हुँदैन भनेका थिए । विदेशी व्यापारीहरू आएमा उनीहरूले देशको पुँजी विदेश
लैजान्छन् र देशलाई खोक्रो बनाउँछन् भन्ने उनको बुझाइ थियो । आजको सन्दर्भमा यसलाई पुँजी पलायन र स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीतिको रूपमा हेर्न सकिन्छ ।
स्वदेशी कपडाको व्यवहार—विदेशी कपडा लगाउन मनाईगरिदिनू । आप्mना देशका कपडा बुन्न जान्नेलाई नमूना देखाई सघानु र बुन्न लगाउनु । यसो भए नगद देश (विदेश)
जाँदैन । आज नेपालको अर्बौँको व्यापार घाटा र परनिर्भरता बढ्दो छ । “आफ्नो देशको कपडा बुन्नू, विदेसीलाई पस्न नदिनू“ भन्ने उपदेशले आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने प्रेरणा दिन्छ ।
४. स्वदेशी जडिबुटी र वस्तु निर्यात
उनले नेपालका जडिबुटी र वस्तुहरू विदेशमा बेचेर पैसा स्वदेश भित्राउन सल्लाह दिएका थिए । नगद खैंची राख्नु र प्रजा मोटा (धनी) भए दरबार बलियो रहन्छ “आफ्ना देशको जिनिस
जडीबुटी विदेश लैजानु र नगद खिच्नु ।” नेपाल जडिबुटीमा धनी छ । कच्चा पदार्थ मात्र पठाउनु सट्टा प्रशोधित वस्तु निर्यात गरेर विदेशी मुद्रा कमाउने उनको यो सोच आज पनि उत्तिकै
सान्दर्भिक छ ।
५. राजस्व र सुशासन
उनले “अदालतको पैसा दरबारमा नहाल्नु” र “घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्” भनेका थिए । राज्यको ढुकुटी र न्यायलयको जरिवानालाई छुट्टै राख्नुपर्छ भन्ने उनको
विचारले वित्तीय अनुशासन र पारदर्शिताको वकालत गर्छ ।
पृथ्वीनारायण शाहको आर्थिक नीतिको मूल सार “परनिर्भरताको अन्त्य र आत्मनिर्भरता” हो । यदि यी नीतिहरूलाई आधुनिक परिप्रेक्ष्यमा परिमार्जन गरेर लागू गर्ने हो भने नेपालको वर्तमान आर्थिक संकट र व्यापार घाटा कम गर्न ठूलो मद्दत पुग्ने देखिन्छ । ‘दिव्य उपदेश’ मा समेटिएको आर्थिक नीति आजको आधुनिक युगमा पनि आत्मनिर्भरता र स्वदेशी पुँजीको संरक्षणका लागि निकै महत्वपूर्ण मानिन्छ । उनले नेपाललाई आर्थिक रूपमा कसरी बलियो बनाउने भन्नेबारे व्यावहारिक र दुरगामी सुझावहरू दिएका छन् ।दिव्य उपदेश केवल एउटा ऐतिहासिक दस्तावेज मात्र नभई नेपालको अस्तित्व रक्षाको ‘राष्ट्रिय मार्गचित्र’ हो । यसले राष्ट्रिय सार्वभौमिकता, आर्थिक स्वावलम्बन र सामाजिक न्यायको जगलाई बलियो बनाउन मार्गनिर्देश गर्दछ ।

(लेखकः अध्येता एवम् लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका प्राध्यापक हुन्)

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...