बुटवलमा जारी सौभाग्य गोल्ड कपमा अन्तिम चार टिमको टुङ्गो
बुटवलबुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिम चार टोलीको टुंगो लागेको छ। वर्षाका कारण बुधबार स्थगित तेस्रो क्वाटरफाइनल खेल बिहीबार सम्पन्न गरिएको थियो।बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा मोनष्टर गाईजले अभिषेक चर्चलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।यस्तै, अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।सिद्धेश्वर खेलमैदानमा बिहीबार दिउँसो सम्पन्न पहिलो खेल निकै रोमाञ्चक बनेको थियो। मोनष्टर गाईजका रोजल दाहालले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २०औँ मिनेटमा अभिषेक चर्चका बिक्रम लामाले कर्नर किकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए।
खेलको २५औँ मिनेटमा मोनष्टर ग...








