क्रिकेटको ‘जन्मदाता’ इंग्ल्यान्डसँग नेपालको सानदार खेल, ४ रनको साँघुरो हार


काठमाडौं
जति जति बेला क्रिकेटमा साँघुरो हार बेहोरिन्छ, त्यो पीडादायी हुन्छ । अनि भन्ने गरिन्छ, क्रिकेट निर्दयी हुन्छ । अनि के पनि भन्ने गरिन्छ भने जितको नजिक पुगेर भन्नै पर्ने हुन्छ, यो त कति धेरै टाढा पो रहेछ ।

ट्वान्टी–२० विश्वकपमा नेपालले मुम्बईमा भएको आफ्नो खेलमा इंग्ल्यान्डविरुद्ध यस्तै ४ रनको साँघुरो हार बेहोर्‍यो । अन्तिम दुई बलमा ६ रन चाहिन्थ्यो, नेपालले त्यो पनि हात पार्न सकेन ।

वानखेडे स्टेडियममा रहेको लगभग १७ हजार दर्शकमध्ये अधिकांस नेपाली थिए । इंग्लिस समर्थक थिएनन् भन्दा नै हुन्थ्यो । नेपालले प्रतिद्वन्द्वी इंग्ल्यान्डको त्यस्तो थियो, जसले यसअघि दुईपल्ट यही विश्वकप जितिसकेको थियो । अनि पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको टिम थियो । त्यही टिमका प्रमुख खेलाडी ज्याक विल्सले खेलको अन्त्यमा भने, ‘नेपाली टिमको जति प्रशंसा गरेर पनि पुग्दैन । यो खेलमा नेपालको प्रदर्शन सबै क्षेत्रमा राम्रो रह्यो ।’
उनको आशय थियो, नेपालको ब्याटिङ राम्रो, बलिङ राम्रो अनि फिल्डिङ झन् राम्रो । अझ ‘रनिङ विट विन द विकेट‘ धेरै राम्रो । तर उनको निचोड थियो, ‘क्रिकेटमा आखिरमा सबैभन्दा महत्त्वपूर्ण भनेको अनुभव हुँदोरहेछ । जसरी अन्तिम ओभरमा साम करनले बलिङ गरे, यो जितको श्रेय उनलाई दिए हुन्छ । उनीसँगै यस्तै कठिन स्थितिमा कसिकसाउ बलिङ गर्ने बाक्लो अनुभव छ ।’ यसबीच उनले एउटा मुद्दा पनि स्थापित गर्न खोजे र त्यो नेपाली क्रिकेटको दृष्टिकोणले खास थियो ।
विल्सले भने, ‘अब टेस्ट र एसोसिएट टिमबीच खासै धेरै ठूलो अन्तर रहेन । विशेषतः ट्वान्टी–२० क्रिकेटमा न झनै छैन भन्दा हुन्छ । यो खेलपछि हामीले राहत नै महसुस गरेका थियौं । जति–जति खेल अन्त्यतिर अग्रसर थियो, मैले दबाब महसुस गरिरहेको थिएँ, म केही आत्तिएको पनि थिएँ । खेल आफैंमा निकै उतारचढावपूर्ण रह्यो । कहिले इंग्ल्यान्ड बलियो त कहिले नेपाल बलियो । तर अन्त्यमा हामीलाई चाहिएको थियो जित नै थियो । त्यही हात पार्न सफल रह्यौं । यस्तो जितले अझ धेरै खुसी दिने गर्छ ।’
विश्वकप सुरु भएको दोस्रो दिन मात्र पुगेको छ, तर यसले दिन खोजेको सन्देश हो, कुनै पनि टिमले आफू बलियो भनेर आरामले बस्न पाउने छैनन् । अहिलेसम्म खेलको आधारमा विल्सको विश्लेषण यही रह्यो । उनले यसका लागि पहिलो दिन भएका दुई खेलको उदारहण पनि पेस गरे । वानखेडे स्टेडियममै भएको खेलमा अमेरिकाले डिफेन्डिङ च्याम्पियन तथा एउटा आयोजक देश भारतलाई गाह्रै पारेको थियो । पहिले ब्याटिङ गरेको भारतले एक समय चर्को दबाब खेपेको थियो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...