टी–२० विश्वकप: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जित दर्ता


काठमाडौँ
भारतमा जारी आइसिसी टी–२० विश्वकपको समूह चरण अर्न्तगतकाे आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलाे जित दर्ता गरेको छ । टि २० विश्वकपमा नेपालले १२ वर्षपछि जित दर्ता गरेको हो।

मङ्गलवार मुम्बईकाे वाङखडे स्टेडियममा भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गर्न सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।
नेपालका लागि आज दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी नायक बने। ऐरीले २३ बलमा अविजित अर्ध शतक प्रहार गर्दै टोलीलाई जितसम्म पुराए । कामीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर स्कटल्यान्डलाई दबाबमा राखेका थिए ।

ओपनिङमा आएका कुशल भुर्तेलले ३५ बलमा ४३ रनको महत्त्वपूर्ण योगदान दिए भने आशिफ शेखले २७ बलमा ३३ रन बनाए। कप्तान रोहित पौडेलले १४ बलमा १६ रन जोडेर पेभिलियन फर्के। मध्य क्रममा आएका गुल्सन झाले १७ बल खेल्दै २४ जोडेर अविजित रहे।

खेलको निर्णायक मोडमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले पालैपालो तीन छक्का प्रहार गर्दै रन रेट बढाएपछि नेपाल खेलमा मजबुत अवस्थामा पुगेको थियो ।

नेपालले पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।

जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इन्डिजसँग ९ विकेटको हार भोगेको थियो।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...