विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।
उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।
उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर्ने तैयारी रहेकोले आ-आफ्नो तर्फबाट लाग्न आग्रह गरे।


संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले भातृत्व र मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज कार्यक्रममा उल्लेख्य सहभागिता देख्दा खुसी लागेको बताए।
उनले रुपन्देही शाखाले महासंघमै तृतीय उपाध्यक्ष, सचिव र कार्यसमिति सदस्य निर्वाचित गराउन सफल भएको र यसले जिल्ला लाई प्रोत्साहन गर्ने जिकिर गरे।
वनभोज कार्यक्रमका कार्यक्रम संयोजक अनिल सुजन कुंवरले ६० भन्दा बढी सल्लाहकारहरु,पुर्व अध्यक्षहरु , कार्यसमिति, गाउँनगर शाखा र व्यवसायीहरुले वनभोज कार्यक्रममा कुपन खेलका लागि वाटर फिल्टर लगायतका १०हजार सम्मका विद्युतिय सामाग्री उपलब्ध गराएकोमा आफु उत्साहित भएको वताए।


कार्यक्रममा महासंघका सचिव लोकनाथ पोखरेल,निवर्तमान अध्यक्ष शान्ताराज खराल, सल्लाहकारहरु हरिहर ज्ञवाली, सुर्य कुवंर,लक्ष्मण भट्टराई कार्यसमितिका पदाधिकारी, सदस्यहरु , १सय ५ भन्दा वढी व्यवसायीको सहभागितामा खानपान , खेलकुद र नाचगान रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव चिरञ्जिवी गैरेले गरेका थिए।

छुटाउनुभयो कि ?

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको ष...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भ...