दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल: ग्लोबल आवाज र नेपाल युवा उद्यमी मञ्चले लिए उपाधि


रुपन्देही
नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आवाज र नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले जितेको छ । ७१ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले बुटवलमा सोमबार र मंगलबार आयोजना गरेको फुटसल प्रतियोगितामा दोश्रो दिन भएको मिडिया कपमा बुद्ध सामुदायिक टेलिभिजनलाई ३–२ गोल अन्तरले हराउँदै ग्लोबल आवाजले उपाधि जितेको हो । उपाधि जित्दै ग्लोबलले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आज भएको कर्फोरेट कपको खेलमा नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले उपाधि जितेको छ । उपाधि जित्दै युवा उद्यमी मञ्चले ३५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको इन्जिनियर्स एशोसियसनले २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिता २ दिन सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ गरिएको हो । यस्तै मिडिया कप तर्फ उत्कृष्ट खेलाडीमा ग्लोबल आवाजका डिबी सुस्लिङ, सर्वाधिक गोलकर्तामा बुद्ध सामुदायिक टेलभिजनका स्वस्तिक श्रेष्ठ र उत्कृष्ट गोल रक्षकमा ग्लोबल आवाजका प्रकाश न्यौपाने बनेका छन । यस्तै कर्पोरेट कपमा सर्वाधिक गोलकर्तामा ईन्जिनियर्स एशोसियसनका क्रितेश श्रेष्ठ, उत्कृष्ट खेलाडीमा युवा उद्यमी मञ्चका मञ्जिल विक र उत्कृष्ट गोलरक्षकमा राहुल कौशधन भएका छन ।

प्रतियोगिताका उपाधि बिजेता ,उपबिजेता तथा खेलाडिहरुलाई बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय , नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख भूपेन्द्रबहादुर खत्री , ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तव लगायतले पुरस्कार प्रदान गरेको प्रतियोगिताका संयोजक सुमनरश्मी श्रेष्ठले जानकारी दिए।
नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको पत्रकारिता पुरस्कार सुमन अधिकारीलाई प्रदान गरेको छ । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको पत्रकारिता पुरस्कार सुमन अधिकारीलाई प्रदान गरेको छ । जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गरेको भन्दै अधिकारीलाई नगद २५ हजारसहित सम्मान गरिएको महासंघका सचिब सिपी खनालले जानकारी दिए ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...