पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना


बुटवल
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता शुरु भएको छ ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले पत्रकार महासंघ रुपन्देहीले बार्षिकोत्सवमा अवसरमा फुटसल प्रतियोगिता आयोजना गरी जिल्ला भित्रका संघ संस्था संग भातृत्व,एकता,व्यायाम, मनोरञ्जन र कल्याणकारी कोष वलोयो वनाउने उद्देश्य राखेको महासंघ रुपन्देही शाखा जुझारु रहेकोमा खुसी लागेको वताउदै नगरपालिकाले हिंजो,आज र भोलि पनि राम्रा कामना हरेक हिसाबले सहयोग गर्ने वताइन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष रामराज पोखरेलले पत्रकार निश्पक्ष रुपमा शुशासन,विकाश र सम्बृद्धिमा क्रियाशील हुन आवश्यक रहेको धारणा राखेका थिए।
उनले जिल्ला शाखा यि र यस्ता उत्कृष्ट काम गरेकोमा र जुझारु रहेकोमा खुसी लागेको बताएका थिए।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीका संघसंस्था, स्थानीय सरकार, व्यवसायी सवैको सहयोगबाट विभिन्न उर्जामुलक काम गर्न सफल भएको वताएका छन्।
उनले खेलकुद पत्रकारिता पुरस्कार आरम्भ, अन्य पुरस्कारका लागि प्रयास जारी रहेको वताए।


अध्यक्ष पाण्डेले रुपन्देही महासंघले जिल्लाका संघ संस्था, स्थानीय सरकार सवैसंग भातृत्व,एकता , व्यायाम,खेल प्रेमीहरु का लागि, मनोरञ्जन र पत्रकार कल्याणकारी कोष वलोयो वनाउने उद्देश्य राखेर फुटसल प्रतियोगिता आयोजना गरिएको वताए।
उनले महासंघले कल्याणकारी कोष‌२५ हजार स्थापना भएको वताए।
उनले रुपन्देहीलाई देशका शाखामै अव्वल वनाउने योजना रहेको वताएका थिए।
महासङ्घ रुपन्देहीले आज र भोलि दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र दोस्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको शुभारम्भ गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना भएको फुटसल प्रतियोगिता अन्तर्गत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई रु २० हजार र दोस्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको विजेताले रु ३० हजार र दोस्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टिमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै, सुत्केरी पोषण तथा बाल बचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्ताबापत जनही रु५ हजार तथा बालबचतवापत् जनही रु ५ हजार प्रदान गरिसकिएको छ।
खेलमा निर्णायक तथा सहजीकरणको लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सिपी खनालले जानकारी दिए।
गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताए ।
फुटसल प्रतियोगितालागि महासङ्घले सहसचिव सुमन श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ ।
८ वजे देखि शुरुवात भएको खेलमा पत्रकार महासंघ रुपन्देही र नेपाल इन्जिनियरिङ एसोसिएसन रुपन्देहीले प्रतियोगिताको शुरुवात गरेका थिए।

छुटाउनुभयो कि ?

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।अर्यालला...
युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् । ...
पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीको ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता शुरु भएको छ ।पत्र...
रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँसर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्त...