टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल


काठमाडौं
आईसीसी टी-२० विश्वकप अन्तरगत समूह ‘सी’ मा रहेको नेपालले आज एशोसिएट राष्ट्र इटालीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।
त्यस कारण सुपर-८ मा पुग्ने आफ्नो सम्भावनालाई कायम राख्न दुबै टोली “गर या मर”को रुपमा यो खेललाई लिने छन् । यो खेल भारतको वाङ्खेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो ३.१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । उक्त खेलबाट प्राप्त अनुभव र आत्मविश्वासलाई प्रयोग गर्दै आजको खेलमा जित दर्ता गर्ने कप्तान रोहित पौडेले बताएका छन् । इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको उनले बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ ।
आईसीसी टी-२० आई वरियतामा २७ औं स्थानमा रहेको भएपनि इटलीविरुद्ध खेल्दा नेपाली टोली सजग हुनु पर्नेछ । किनभने इटली उदाउँदो क्रिकेटिङ राष्ट्र मात्र नभएर अनुभवी खेलाडीहरूले भरिएको टिम समेत हो । अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म खेलेका खेलाडी इटलीमा छन् । इटलीले विश्वकपको सुरुवाती खेलमा स्कटल्यान्डसँग हार बेहोरेको भएपनि विश्वकपमा आउनुअघि टेस्ट राष्ट्र आयरल्यान्डसहित एसोसियटका उत्कृष्ट नामिबिया र क्यानडालाई पनि हराएको थियो । यसबाट इटलीले विश्वकपमा कुनै ठुलो टिमलाई ‘अपसेट’ नगराउला भन्न सकिँदैन ।

इटलीका अनुभवी खेलाडी एवम् कप्तान वायन म्यानड्सेन काँधको चोटका कारण पहिलो खेलमै घाइते भएर बाहिरिएका छन् । त्यसकारण उनी दोस्रो खेलमा नखेल्ने भएकाले नेपालका लागि केही सहज भने हुन सक्छ । यसैगरी वाङ्खेडे रंगशालामा नेपालले लगातार दोस्रो खेल खेल्न लागेको हो भने इटालीका लागि पहिलो भएकाले नेपालाई खेलमा हाबी हुन थप सहज हुनेछ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...