पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवस: फुटसल प्रतियोगिताको आयोजना


बुटवल
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासङ्घ रुपन्देहीले यही चैत १६ र १७ गते दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र दोस्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिता अन्तर्गत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई रु। २० हजार र दोस्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको विजेताले रु। ३० हजार र दोस्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टिमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीका संघसंस्था, स्थानीय सरकार, व्यवसायी सवैको सहयोगबाट विभिन्न उर्जामुलक काम गर्न सफल भएको वताएका छन्।
उनले खेलकुद पत्रकारिता पुरस्कार आरम्भ, अन्य पुरस्कारका लागि प्रयास जारी रहेको वताए।
अध्यक्ष पाण्डेले पत्रकारले सामुहिक धारणा विकास गर्न आवश्यक रहेको औल्याए।
उनले पत्रकारिताका नाममा विकृति आएको, र रुपन्देहीका सांच्चिकै पत्रकारहरु गर्भ गर्न लायक रहेको स्पष्ट पारे।
उनले महासंघ पत्रकारको साझा रहेकोले संस्थाको गरिमा कायम राख्न सवै आ- आफ्नो स्थानबाट लाग्न आवश्यक रहेको धारणा राखेका छन्।
महासंघले कल्याणकारी कोष‌२५ हजार स्थापना भएको जानकारी दिए।
उनले रुपन्देहीलाई देशका शाखामै अव्वल वनाउने योजना रहेको जानकारी दिए।
व्यक्ति भन्दा संस्थाको मर्यादालाई महत्व दिन आवस्यक रहेको वताएका थिए।

यस्तै, खेलमा निर्णायक तथा सहजीकरणको लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिए ।
गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताए । यस्तै, सुत्केरी पोषण तथा बाल बचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्ताबापत जनही रु। ५ हजार तथा बालबचतवापत् जनही रु। ५ हजार प्रदान गरिसकिएको छ।

फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासङ्घले सहसचिव सुमनरश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ ।

यसअघि गत वर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एसोसिएसन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...