आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै


काठमाडौं
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिव मन्दिरहरुमा तीर्थयात्रीको घुइँचो लाग्छ ।

छुटाउनुभयो कि ?

जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्...
जेनजी आन्दोलनमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

जेनजी आन्दोलनमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

काठमाडौंजेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोप लागेका नेकपाका युवा नेता ताजिम अन्सार...
समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्।...
रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा...