मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
काठमाडौंएक महिने रमजान पर्व समापन भएको अवसरमा आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउदै छन् । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ ।उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।रमजान फागुन ७ गते विहिबारबाट सुरु भएको थियो । त्यसैले आज चैत्र ७ गते शनिबार इद उल फित्र मनाइँदैछ । इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्छन् ।
इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए ।
यो जितक...








