लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात


बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ११६औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ।
सोही अवसरमा अस्पतालले एम आर आई सेवाको शुभारम्भ गरेको छ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल र यस क्षेत्रका सेवाग्राहीलाई खड्कीरहेको एम आर आई सेवाको शुरुवातले थप प्रोत्साहन मिलेको वताए।
उनले अस्पताललाई योगदान गरेका पुर्वजको सम्मान संगै वर्तमानमा प्रभावकारी गराउंदै थप व्यवस्थित बनाउन लागेको जानकारी दिए।
आचार्यले देशकै नमुना योग्य अस्पताल रहेकोमा खुसी लागेको वताउदै अस्पतालको श्रीबृद्धिमा प्रदेश सरकारले पहल कदमी लिएको र अझ वढि लिने आश्वासन दिए।
अस्पताल एम आर आई सेवाले थप प्रभावकारी वन्ने र अन्य सेवाहरू प्रभावकारी वनाउन पहल कदमी लिईरहेको वताए।
आफु सरकारमा रहेको समयमा शिल्यान्यास गर्न पाएकोमा अझ वढि जिम्मेवार भएको अनुभुति रहेको र प्रदेश सरकारले कुनै कसुर वांकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रदेशको स्वास्थ्य क्षेत्रको ६० प्रतिशत वजेट लुम्बिनी प्रादेशिक अस्पतालमा लगानी गरेको जानकारी दिए।


प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले अस्पतालको अत्याधुनिक १२तले भवन निर्माणको काम ४०प्रतिषत पुरा भएको खुसी साट्न पाउंदा खुसी लागेको बताए।
उनले अस्पतालले गुणस्तरिय सेवा प्रवाह गरिरहेको थप प्रभावकारी वनाउन नेता ,नेतृत्व र व्यवस्थापन लागि परेको स्पष्ट पारे।
अस्पतालले स्वास्थ्य क्षेत्रको माध्यमबाट लगानी मात्र नभएर सरकारको आम्दानीमा समेत टेवा पुगेको वताएका थिए।
अस्पतालमा सुरक्षित मातृत्व सेवा, गुणस्तरिय सेवा विस्तार, जवाफदेहीता ,पारदर्शिता, डिजिटल सिस्टम लगाएतले प्रभावकारी वनाएको वताएका थिए।
बुटवल उपमहानगरका उप-प्रमुख सावित्रा अर्यालले अस्पतालको विगत स्मरण गर्दै शुरुवातमा विभिन्न समस्या समाधान गर्दै स्वास्थ्य सेवा डिजिटल माध्यमबाट गर्नु सफलता रहेको वताइन्।
उनले अस्पताल परिवारलाई सेवा ,सुविधा ,वोली -व्यवहारले आधा रोग निको हुने विश्वास रहेकोले त्यसतर्फ ध्यान दिन आवस्यक रहेको धारणा राखेकी थिइन्।
प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालले लगानी मात्र नभएर लगानीको सदुपयोग गर्नेमा प्रमुख प्राथमिकता राख्न आवश्यक रहेको वताइन्।
उनले सेवा ग्राहीको माग वमोजिम अस्पताललाई प्रभावकारी वनाउंदै र प्रदेशका अन्य अस्पताललाई पनि सुधार गर्न आवश्यक रहेको धारणा राखिन्।
अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ईन्द्र ढकालले अस्पतालले विषेष आर्थिक रूपमा कमजोर वर्गलाई सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यले एम आर आई सेवा र अन्य सेवा विस्तारमा आफु , अस्पताल परिवार , सरकार र सरोकारवाला सवै अहोरात्र लागिपरेको कारण सफल भएको वताएका थिए।
उनले उपत्यका वाहिरको देशको पहिलो अस्पताल वनाउने गरी लागि परेको स्पष्ट पारे।
ढकालले डिजिटल माध्यमबाट सेवा प्रवाह, गुणस्तरिय सेवामा कशुर बांकी नराख्ने जानकारी दिए। उनले केही ट्रान्सप्लाण्ट र क्यान्सर वाहेकका सम्पूर्ण सेवा अस्पतालमा रहेको वताएका छन्। उनले दैनिक २५ सय विरामी लाई सेवा दिईरहेको जानकारी दिए।


स्वास्थ्य सचिव तथा पुर्व नर्सिङ प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ,पुर्व मेसु डाक्टर राजेन्द्र खनाल, लेखा प्रमुख र नर्सिङ प्रमुख प्रभाव ज्ञवालीलगायत, डाक्टर, कर्मचारीलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख प्रेम गौतमले गरेका थिए।

छुटाउनुभयो कि ?

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...
प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अ...
युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँ...