लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा


काठमाडौँ
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ ।

हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ । त्यस्तै, रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ ।

आज लुम्बिनी, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी करिब ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सम्भावना रहेको छ ।

यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...