गर्मीको सितलता बन्दै,’बुटवल महामेला-२०८२



बुटवल ।
बुटवलमा बिस्तारै गर्मी बढ्दै गएको छ । ‘बुटवल महामेला-२०८२’ अहिले सितलताको छाहारी बन्दै गएको छ । मेला देविनगर खुल्ला मंचमा लागेको छ । साझ पख मेलामा साङ्केतिक रौनक बढ्दै जान्छ । गर्मी छ्ल्न,किनमेल गर्न,मन परेका कलाकारसंग रमाउन मेलामा बुटवल वासी पुग्ने गरेका छन । साङ्केतिक कार्यक्रम संचालन भएको ३ दिन भयो ,दर्शकको आकर्षण पनि बढ्दै गएको छ मेला संयोजक गोबिन्द प्रसाद भुसालले बताए । मन परेका कलाकार ,सस्तो राम्रो र गुणस्तर किनमेल ,लण्डन ब्रीज चडेर मेला प्रवेश गर्न पाउने,जलपरीसंग रमाउन मिल्ने,कश्मिरे हिलमा चिसो महसुस गर्न पाउने, बच्चालाई रमाउन थरी थरिका बाल उद्दान भएको कारण पनि मेलामा आक्रमण बढ्दै गएको भुसालले बताए ।
मेलामा विभिन्न ठाउँमा सेल्फी जोन छन् । प्रवेश गर्नसाथ गौतम बुद्ध , टिक टक जोन, शिव मुर्ति , लुम्बिनीको शैलीमा सचिवालय , अमेरिककाको ‘स्टयाचु अफ लेवर्टी ‘कतारको बुर्ज खलिफा जस्ता संरचनाले पनि दर्शकको आकर्षण बढेको मेला मुल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए ।


मेलामा दैनिक चर्चित कलाकारको प्रस्तुति रहन्छ । बिहीबार चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहेको थियो । साथमा गायक वसन्त लम्साल ,सम्झना रणपाल लगायतको प्रस्तुति रहेको सास्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताए । शुक्रवार चर्चित गायक हेमन्त शर्मा र श्याम रानाको प्रस्तुति रहने न्यौपाने बताए । मेला चैत्र २४ गतेसम्म लाग्ने छ ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...