बुटवलमा लोक सुशिलाले गर्यो महिन्द्राको ‘बोलेरो म्याक्स पिक–अप’ बिक्री सुरु


बुटवल
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले बुटवलमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ का दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । महिन्द्राको पिक–अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करर्पाेरेटेड प्रालिले बिहीबार महिन्द्रा सोरुम लोक सुशिला अटो कन्सर्न बुटवलमा १.७ टन र नेपालकै पहिलो र एकमात्र २ टन भार वहन क्षमता भएको नयाँ पिक–अप ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ सार्वजनिक गरी बिक्री सुरु गरेको हो  ।
लोक शुशिला अटो कन्र्शन प्रा.लि. बुटवलका सञ्चालक लोकहरि श्रेष्ठले पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको बोलेरो म्याक्स पिक–अपले नेपाली पिक–अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । भार क्षमता (पेलोड), इन्धन इफिसियन्स, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक–अपले नेपाली बजारको सब–२– कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने अपेक्षा गरीएको उनले बताए ।


सार्वजनिक भएका दुई नयाँ भेरियन्ट सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त रहेको अग्नि ग्रुपका रिजनल म्यानेजर गोकुल खरेलले जानकारी दिए । नयाँ प्रविधि जडान गरीएकाले नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू साना कमर्सियल गाडीको सेगमेन्टमा उत्कृष्ट रहेको उनले बताए ।
लोक शुशिला अटो कन्र्शन प्रा.लिका म्यानेजिङ डाइरेक्टर प्रतिक श्रेष्ठले १.७ भेरियन्टको मूल्य रू. २९ लाख ९५ हजार र २.० भेरियन्टको मूल्य रू. ३२ लाख ९५ हजार रहेको जानकारी दिए । डिजेल र सिएनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक–अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ इन्जिन, आरामदायी सिट र एसी जडान गरीएको बताउँदै उनले नेपाली ग्राहकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।
बोलेरो म्याक्स पिक–अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिने सर्भिस म्यानेजर ई.राजेश्वर शर्माले बताए । यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ । यसको फराकिलो ‘ह्विल ट्र्याक’ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाएको छ । भने यसको ‘सिङ्गल–पिस बडि साइड आउटर’ (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत बनाएको छ । लोक शुशिला अटो कन्र्शनको बुटवलसँगै गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, नवलपरासी, कपिलवस्तुमा रहेका शाखाबाट समेत ग्राहकले नयाँ गाडी खरिद र सहज रुपमा सर्भिस सेवा लिन सक्ने सेल्स म्यानेजर अर्जुन तिवारीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...