समाचार

तराईमा गर्मी घट्यो, वर्षा र हावाहुरीले देशभर शीतल महसुस

तराईमा गर्मी घट्यो, वर्षा र हावाहुरीले देशभर शीतल महसुस

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंपछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ ।दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार हिजो सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ । अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी द...
आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको चासो

आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको चासो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलजेनजी आन्दोलनपछि भएको निर्वाचनबाट गठित झन्डै दुई तिहाइको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।देशमा व्याप्त बेथिति र भ्रष्ट्राचार विरुद्ध युवाहरूले थालेको आन्दोलनले लामो समय देखि आलोपालो गरी सत्ताको बागडोर सम्हालेका पुराना दलहरूलाई पाखा लगाउँदै झन्डै दुई तिहाइको बहुमत सहित बनेको सरकारले ल्याउन लागेको यो बजेटमा सबैको उत्सुकता रहेको देखिन्छ । सुशासनको नारा सहित निर्वाचित भएर बनेको बालेन सरकारको याे बजेटमा निजी क्षेत्रको पनि निकै चासो रहेको छ । यो पटक सरकारले मुख्यतः भन्सारका दरहरू केही बढाउने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सूची केही ...
आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।गणतन्त्र स्थापना भएको अर्को वर्षदेखि नै सैनिक मञ्च टुँडीखेलमा आजका दिन विशेष समारोह आयोजना हुँदै आएको छ । गणतन्त्र दिवसको स्वागत आज बिहानै नेपाली सेनाले तोप पड्काएको छ ।सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कार्यक्रम रहेको छ । हरेक वर्ष प्रधानमन्त्रीबाट संबोधन हुँदै आएको विशेष समारोहमा यस वर्ष भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । अघिल्ला वर्षहरुमा राष्ट...
अमेरिकाले इरानमा गर्‍यो फेरि आक्रमण

अमेरिकाले इरानमा गर्‍यो फेरि आक्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकाले इरानमा फेरि आक्रमण गरेको छ। गएराति दक्षिणी इरानमा अमिरिकाले फेरि हमला गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेरर रातारात हमला गरेको हो।रोयटर्सले एक अमेरिकी अधिकारीलाई हवाला दिँदै लेखेको समाचार अमेरिकी सेनाले इरानबाट उडाइएका धेरै ड्रोनहरू पनि खसालेको बताएका छन्। ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा निम्त्याएको दाबी गरिएको छ। अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ (एकतर्फी आक्रमण ड्रोन) खसालेको थियो। त्यसपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो। उक्त स्थान इरानको सबैभन्दा महत्वपूर्ण बन...
सरकारी विज्ञापन नीतिको असरः बुटवलका पत्रपत्रिका अब शनिबार नछापिने

सरकारी विज्ञापन नीतिको असरः बुटवलका पत्रपत्रिका अब शनिबार नछापिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलबाट प्रकाशित हुँदै आएका विभिन्न पत्रपत्रिकाहरू अब शनिबार नियमित रूपमा प्रकाशित नहुने भएका छन् । सरकारी विज्ञापन वितरणसम्बन्धी पछिल्लो नीतिका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक रूपमा प्रभावित बनेपछि प्रकाशन व्यवस्थापनमा बाध्यात्मक कटौती गर्नुपरेको सञ्चार क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।मिडिया सोसाइटीका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयपछि धेरै पत्रपत्रिकाको आम्दानी स्रोतमा प्रत्यक्ष असर परेको छ । यसै कारण नियमित प्रकाशन खर्च धान्न कठिन भएपछि शनिबारको अंक बन्द गर्ने निर्णय गरिएको हो ।मिडिया सोसाइटीका सचिव नवराज कुंवरले सरकारी विज्ञापन नीतिले निजी मिडिया क्षेत्रलाई गम्भीर आर्थिक दबाबमा पारेको बताए । उनका अनुसार विज्ञापनको प्रमुख स्रोत घटेपछि मुद्रण खर्च, वितरण खर्च तथा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । “आर्थिक संकटका कारण नियमित प्रकाशनलाई निरन्...
सरकारी विज्ञापन नीतिविरुद्ध देशभरका पत्रिकामा ‘कालो सम्पादकीय ‘

सरकारी विज्ञापन नीतिविरुद्ध देशभरका पत्रिकामा ‘कालो सम्पादकीय ‘

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयको विरोधमा देशभरका निजी दैनिक पत्रिकाहरूले बिहीबार सम्पादकीयमा कालो पोतेका छन् । राष्ट्रियदेखि क्षेत्रीय स्तरसम्मका धेरै छापा माध्यमहरूले आफ्नो सम्पादकीय स्तम्भमा कालो पोतेर सरकारप्रति असन्तुष्टि जनाएका हुन् । सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने नीति अघि बढाएपछि निजी मिडिया क्षेत्र आन्दोलित बनेको हो । सञ्चार संस्थाहरूले उक्त निर्णयलाई केवल प्रशासनिक व्यवस्था नभई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । जेठ १४ गते प्रकाशित पत्रिकाहरूमा देखिएको ‘कालो सम्पादकीय’ लाई सञ्चार क्षेत्रले लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताको पक्षमा गरिएको प्रतीकात्मक प्रतिरोध भनेको छ । विरोधमा सहभागी सञ्चार माध्यमहरूको भ...
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँस्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन ।उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन । बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बिमा बोर्डमा आबद्ध छन् । उनले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्का...
बढ्यो उद्योग दर्ता

बढ्यो उद्योग दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँमुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले वृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षणअनुसार ठुला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६।१ प्रतिशत रहेको छ ।विसं २०८२ असारसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको स्वीकृत लगानी रु ३३ खर्ब ३७ अर्ब ८० करोड रहेकामा चालु आवको फागुनसम्म रु तीन खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भएको छ । सो अवधिसम्म रु ३७ खर्ब २७ अर्ब ५४ करोड उद्योगका लागि लगानी स्वीकृत भएको छ ।चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हु...
भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो । समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिस खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ । आयोगले बुधबार नै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।आयोगले मानवअधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, सुरक्षा निकाय प्रमुखलगायतलाई कारबाही सिफारिस गरेको छ । २४ भदौको घटनामा जोडिएका रास्वपाका १७ सांसदसह...
भैरहवामा एकै दिन तीन बालकको मृत्यु, दुई डुबेर र एक रोलरले च्यापिए

भैरहवामा एकै दिन तीन बालकको मृत्यु, दुई डुबेर र एक रोलरले च्यापिए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको भैरहवामा एकै दिन तीन बालकको ज्यान गएको छ । पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने खेल मैदानमा राखिएको रोलरले च्यापिएर १४ महिने बालकको ज्यान गएको हो । मंगलबार दिउँसो मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिल क्षेत्रमा बस्दै आएका १६ वर्षीय सुरज गुप्ता रहेका छन् । उनीहरू साथी रहेको र दुवै जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सुरज गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा तथा प्रिन्स चौधरी लिलाराम माध्यमिक विद्या...