आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको चासो


बुटवल
जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट गठित झन्डै दुई तिहाइको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।
देशमा व्याप्त बेथिति र भ्रष्ट्राचार विरुद्ध युवाहरूले थालेको आन्दोलनले लामो समय देखि आलोपालो गरी सत्ताको बागडोर सम्हालेका पुराना दलहरूलाई पाखा लगाउँदै झन्डै दुई तिहाइको बहुमत सहित बनेको सरकारले ल्याउन लागेको यो बजेटमा सबैको उत्सुकता रहेको देखिन्छ ।

सुशासनको नारा सहित निर्वाचित भएर बनेको बालेन सरकारको याे बजेटमा निजी क्षेत्रको पनि निकै चासो रहेको छ । यो पटक सरकारले मुख्यतः भन्सारका दरहरू केही बढाउने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सूची केही घटाउने तथा भ्याट छुट भएका वस्तुको सूची पनि घटाउन सक्ने देखिन्छ।

हरेक पटक बजेटमार्फत अल्कोहल, चुरोट तथा सूर्तीजन्य वस्तुहरूको कर बढाउने गरिएको छ। यो पटक पनि स्वास्थ्यका लागि हानिकारक उत्पादनमा कर बढाउने तयारीमा सरकार छ। समग्रमा विलासी तथा महँगा वस्तुमा भने करको दर बढाइने संकेत देखिएको छ ।

निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचा पत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ।

सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचा पत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको बत्ताइएको छ ।

आज जेठ १५ गते अपराह्न ४ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आव २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाे सङ्घीय संसद् सचिवालयले जनाएकाे छ । नयाँ संविधान जारी भएसंगै हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

यस पटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको बत्ताइएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालु आवको बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो ।

गत भदौ २३ र २४ को आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्ने बजेट कर्मकाण्डी हुन्छ वा अहिले सम्मकै लोकप्रिय र ऐतिहासिक हुन्छ त्यो त बजेट भाषण पछि नै थाह हुनेछ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...