सरकारी विज्ञापन नीतिविरुद्ध देशभरका पत्रिकामा ‘कालो सम्पादकीय ‘


काठमाडौं
सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयको विरोधमा देशभरका निजी दैनिक पत्रिकाहरूले बिहीबार सम्पादकीयमा कालो पोतेका छन् । राष्ट्रियदेखि क्षेत्रीय स्तरसम्मका धेरै छापा माध्यमहरूले आफ्नो सम्पादकीय स्तम्भमा कालो पोतेर सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।

सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने नीति अघि बढाएपछि निजी मिडिया क्षेत्र आन्दोलित बनेको हो । सञ्चार संस्थाहरूले उक्त निर्णयलाई केवल प्रशासनिक व्यवस्था नभई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् ।

जेठ १४ गते प्रकाशित पत्रिकाहरूमा देखिएको ‘कालो सम्पादकीय’ लाई सञ्चार क्षेत्रले लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताको पक्षमा गरिएको प्रतीकात्मक प्रतिरोध भनेको छ । विरोधमा सहभागी सञ्चार माध्यमहरूको भनाइमा सरकारी र निजी सञ्चार माध्यमबीच विभेद गर्नु संविधानको मर्मविपरीत कदम हो ।

उनीहरूले सरकारी विज्ञापन वितरणलाई नियन्त्रणको माध्यम बनाएर सरकारले लोकतान्त्रिक प्रणाली नै प्रभावित पारेको बताएका छन् । निजी मिडिया संस्थाहरूले यस्तो नीतिले हजारौं सञ्चारकर्मीको रोजगारीसमेत संकटमा पार्न सक्ने बताएका छन् । उनीहरूका अनुसार निष्पक्ष सूचना प्रवाह र बहुलवादी सञ्चार प्रणाली कमजोर बनाउने कुनै पनि कदम लोकतन्त्रका लागि दीर्घकालीन खतरा बन्न सक्छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...