एनपीएल : विराटनगरमाथि चितवनको जित



बुटवल
डविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ।
मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवनले एनपीएलमा सुखद सुरुवात गरेको हो।
चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै १ सय ४९ रनमा अलआउट भयो। विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए। आन्द्रे रसेल ३३ रन बनाउँदै पेभेलियन फर्के। एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे। रुपेश सिंह, प्रतिश जि।सी र कप्तान सन्दीप लामिछाने शुन्य रनमा नै आउट भए।

चितवनका लागि कमल ऐरिले ४ विकेट लिए। उनले आफ्‌नो स्पेलमा २६ रन खर्चे। रिजन ढकालले २ विकेट लिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट आफ्‌नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो। चितवनका लागि ओपनर डविड मलानले ७० रनको महत्वपुर्ण योगदान दिए। उनले ५० बलमा ५ चौका र ५ छक्का सहयोगमा ७० रन बनाउँदा आन्द्रे रसेलको बलमा बोल्ड आउट हुन पुगे। अर्का ओपनर देव खनालले १५ बलमा १२ रन बनाउँदा आउट भए। अर्जुन साउद ३ रन बनाउँदा क्याच आउट हुन पुगे।

कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे। रविले २६ बलमा १ चौका र २ छक्का प्रहार गरे। विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...
एनपीएल : विराटनगरमाथि चितवनको जित

एनपीएल : विराटनगरमाथि चितवनको जित

बुटवलडविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ...
साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौंसाउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई रियादस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

काठमाडौँविदुर नगरपालिका–५, देवीघाटका रामकुमार भण्डारी बाढीले घरमा थुपारेको हिलो पन्छाएर सात सदस्यीय परिवारसहित पुरानै ठाउँमा ...