आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने



काठमाडौं
आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।
गणतन्त्र स्थापना भएको अर्को वर्षदेखि नै सैनिक मञ्च टुँडीखेलमा आजका दिन विशेष समारोह आयोजना हुँदै आएको छ । गणतन्त्र दिवसको स्वागत आज बिहानै नेपाली सेनाले तोप पड्काएको छ ।
सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कार्यक्रम रहेको छ । हरेक वर्ष प्रधानमन्त्रीबाट संबोधन हुँदै आएको विशेष समारोहमा यस वर्ष भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । अघिल्ला वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष भने प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने जिम्मा राष्ट्रपति रामचन्द्र पौडेललाई सुम्पिएर आफु सहभागी मात्र हुने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।

तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...