समाचार

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प्रकारका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो । यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सपे्रस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा गर्ने धार्मिक परम्परा छ। आज घरघरका दशैंघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा कुष्माण्डा देवीको विशेष पूजा आराधना गरिँदै छ।धार्मिक मान्यताअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ। यी तीनै प्रकारका दुःख र कष्ट हटाउने देवीका रूपमा कुष्माण्डालाई लिने गरिन्छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख छ। दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने शक्तिका रूपमा कुष्माण्डाको वर्णन गरिएको छ।यस वर्ष असो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या हुँदै आएको स्टेसन प्रमुख सुमन थापाले बताएका छन् । मङ्गलबार काठमाडौंबाट १३ जना यात्रु बोकेर आएको उक्त विमानले गुल्मीबाट दुई जना मात्र यात्रु बोकेर काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका समेत निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए । यस अघि विमानस्थलसम्म पुगेर उडानको प्रतीक्षामा बसेका यात्रु अन्तिम सम...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देशमा चाडपर्वहरूले राष्ट्रिय एकता र सहिष्णुताको मेरुदण्डका रूपमा काम गरेका छन्। वर्षभरिको थकाइ, तनाव र व्यस्ततालाई बिर्सेर परिवार, आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने माध्यम नै चाडपर्व हुन्।यद्यपि, समयको परिवर्तनसँगै हाम्रा मौलिक र सांस्कृतिक चाडपर्वहरूमा विभिन्न विकृति र विसङ्गतिहरू पनि भित्रिएका छन्। चाडपर्वको वास्तविक मर्म र ऐतिहासिक महत्व विस्तारै ओझेलमा पर्दै गएको छ र यसको ठाउँ तडकभडक तथा देखासिकीले लिन थालेको छ। चाडपर्वको महत्व हाम्रो समाजमा चाडपर्वहरूको बहुआयामिक महत्व रहेको छ।जसमा, सांस्कृतिक र धार्मिक संरक्षण- चाडपर्वहरूले हाम्रा पुर्खाहरूले हस्तान्तरण गरेका संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्छन्। दशैँ, तिहार, छठ, ल्होसार, ईद...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् । सहकोषाध्यक्षम...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनामा परेका छन्। सार्वजनिक अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण भाषा बोलिएको सुनिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यस विषयले चर्चा पाएको छ।सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सांसद सुनारकै भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियो सार्वजनिक भएपछि सांसद सुनारको अभिव्यक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्। अडियोमा सुनिएका शब्द र प्रस्तुत गरिएको भाषाशैलीलाई लिएर आलोचना भइरहँदा उनीमाथि नैतिक जिम्मेवारी लिनुपर्ने तथा पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठेको छ।यद्यपि, सार्वजनिक अडियोको आधिकारिकता र त्यसमा सुनिएको आवाज सांसद सुनारकै हो भन्ने विषय स्वतन्त...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थापन गर्न आवस्यक रहेको र प्रदेश सरकारले पहल गर्ने वताए।रुपन्देही उद्योग संघको सोमबार बुटवलमा आयोजित ४८औं वार्षिक साधारण सभामा वौल्दै उनले आफुनै उद्योग संघको सदस्य भएकाले उद्योगी-व्यवसायीका समस्या बुझेको वताउदै रुपन्देही उद्योगको हव रहेकोले प्रदेश सरकारले विषेश महत्व दिइएको वताए। उनले उद्योग-व्यवसायविना अर्थतन्त्र सुदृढ नहुने र मुलुकनै पछाडि पर्ने हुनालेनै विषेश चासो दिएको जानकारी दिए।रूपन्देही उद्योग संघ साना तथा ठुला सवै उद्योगीको साझा संस्था रहेकोले सवैको उन्नति हुने औल्याएका थिए।प्रदेश सरकारले निर्यातमा पहल कदमी लिएको तर जोड दिन आवस्यक रहेको धारणा राखेका थिए।प्रदेश भित्रका तिन औद्योगिक क्षेत्रलाईनै सुव्यवस्थित गर्न प्रदेश सरकारले पहल कदमी लिने, स्थानीय र संघिय...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्‍याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ । बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्‍याइएको छ। यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्‍याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्‍याएको प्राधिकरणको भनाइ छ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् ।आइतबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पहिरोले नदीको बहाव थुनेपछि पानी एक्कासि बढेर तटीय क्षेत्रमा बाढी आएको हो । बाढीले पुल, घर, सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणका काम जारी छन् । चार हेलिकोप्टरबाट खोजी तथा उद्धारबाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्राधिक...