समाचार

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । ...
महासंघ रुपन्देहीले गर्यो अग्रज पत्रकार सम्मान तथा फेलोसिप कार्यक्रम

महासंघ रुपन्देहीले गर्यो अग्रज पत्रकार सम्मान तथा फेलोसिप कार्यक्रम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
भैरहवानेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा अग्रज पत्रकार सम्मान तथा फेलोसिप कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सम्वन्वयमा भैरहवामा आयोजित कार्यक्रममा रुपन्देहीको भैरहवामा पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका अग्रज पत्रकारहरूलाई सम्मान गर्नुका साथै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सिद्धार्थ नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँ ,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल तथा सम्मानित हुने अग्रज पत्रकार डा. बालकृष्ण चापागाईं, मदन पौडेल , बद्री पाण्डेलगायतले वोल्दै हिंजोका चुनौतीको स्मरण गर्दै आजका दिनमा सत्य, निष्पक्ष र उत्तरदायी र प्रविधि मैत्री पत्...
‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त नीति स्वीकृत गरेको हाे । उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, ‘इन्फ्लुएन्सर मार्केटिङ’ तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबाट हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ ।सरकारले विज्ञापन बजारमा बढ्दो अन्तरराष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको बढ्दाे प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याइएको जनाएको छ ।नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक...
आज पनि केही स्थानमा भारी वर्षा र अधिकांश स्थानमा बर्षाको सम्भावना

आज पनि केही स्थानमा भारी वर्षा र अधिकांश स्थानमा बर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्...
लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवललायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता भएको छ। बुटवलको पुष्पलाल पार्कमा रहेको निरोग हेल्थ क्लिनिक र लायन्स क्लब अफ बुटवल एलिटविच सहकार्य अन्तर्गत लायन सदस्यहरूले निरोग हेल्थ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण गराउन सक्नेछन्।साथै सम्पूर्ण ल्याब परीक्षण, डाक्टर ओपिडी सेवा तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन्। क्लब अध्यक्ष लायन सुभाष अर्याल, एमजेएफ को अध्यक्षता तथा डिष्ट्रिक्ट कन्भेन्सन कोर्डिनेटर एवं पिडिजी पिएमजेएफ लायन अर्जुन मान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिएसटी हेड लायन प्रकाश कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन कृष्ण आचार्य, एरिया चिफ लायन बैकुण्ठ श्रेष्ठ, जोन चियर पर्सन लायन अरुण कुमार ज्ञवाली लगायत क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो। ...
आज विश्व खेलकुद पत्रकार दिवस

आज विश्व खेलकुद पत्रकार दिवस

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआज विश्व खेलकुद पत्रकार मनाइदै छ । खेलकुद विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । पत्रकारितामा छुट्टै विटको सुरुवात गर्ने हेतुले भन्दा पनि खेलकुदका गतिविधि भएपछि त्यसलाई सञ्चार माध्यममा समेट्ने गरी लेखिने गरिएका समाचार नै नेपालमा खेल पत्रकारिताको सुरुवा...
ब्रोकर र धितोपत्र बोर्ड अध्यक्षबिच भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

ब्रोकर र धितोपत्र बोर्ड अध्यक्षबिच भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । एसोसिएसन अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भट्टकै कार्यकक्षमा शिष्टाचार भेट गरी सफल कार्यकालको शुभकामना दिएको छ । भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पूँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाए ।उनले पूँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै, बजारको पारदर्शिता, सुश...
लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती

लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंअमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपाल आयल निगमका अधिकारीहरूबीच भएको छलफलपछि इन्धनको मूल्य घटाउने निर्णय गरिएको हो। सोही निर्णयअनुसार नेपाल आयल निगम लिमिटेडले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाएको छ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रूपैया घटाएर रू. २,०६० रुपैयाँ कायम गरिएकाे नेपाल आयल निगमले जनाएको छ। ...
बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठे...
विनासलाई कसरी विकास मान्ने !

विनासलाई कसरी विकास मान्ने !

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली मानव सभ्यताको विकास आदिमानवको जंगली युगबाट सुरुवात भई क्रमिक रूपमा कृषि, धातुको प्रयोग, र आधुनिक वैज्ञानिक युगसम्म आइपुगेको छ।यसको मुख्य आधार नदी किनारका उर्वर भूमि थिए, जहाँ मानवले स्थायी बसोबास, भाषा, लिपि र संगठित समाजको निर्माण गरे। मानव सभ्यताको विकासका प्रमुख चरणहरू यस प्रकार छन् ।ढुंगे युग : मानिसहरू घुमन्ते जीवन बिताउँथे र ढुंगाका हतियार प्रयोग गर्थे, आगोको आविष्कार र भाषाको विकास यस युगका प्रमुख उपलब्धि हुन्।कृषि क्रान्ति : मानिसले खेतीपाती र पशुपालन गर्न सिके। यसले घुमन्ते जीवनलाई स्थायी बसोबासमा परिणत गर्‍यो, जसले गर्दा गाउँ र सहरहरू बन्न थाले ।प्राचीन सभ्यता : नाइल, सिन्धु, र मेसोपोटामिया जस्ता नदी किनारहरूमा पहिलो पटक व्यवस्थित सभ्यता (जस्तै: मिश्रको सभ्यता, सिन्धुघाँटीको सभ्यता) को विकास भयो। यसै समयमा लेखन प्रणाली र कानुनको विकास भयो।औद्योगिक क्रान्ति...