समाचार

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । हिजो बेलुकी र गएराति पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ । ...
विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण

विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, शिक्षा, समाचार, स्थानीय
बुटवलरूपन्देही विद्युतीय व्यवसायी सङ्घले संघमा आबद्ध विद्युतीय व्यवसायीहरूलाई कर शिक्षा तथा लेखा तालिम सम्पन्न गरेको छ। रूपन्देही विद्युतीय व्यवसायी सङ्घ बुटवल नगर समितिको आयोजनामा सोमबार बुटवलमा सम्पन्न १ दिने कर तथा लेखा प्रशिक्षण कार्यक्रमबाट व्यवसायीहरूलाई लेखा सम्बन्धी जानकारी दिने हिसाबले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्ताराज खरालले कर सम्बन्धी जानकारी हासिल गर्दा व्यवसायमा सहज हुने र कतिपय जानकारी नभएका विषयहरूको पनि जानकारी हुने हुनाले बुटवल नगर समिति र राजस्व अनुसन्धान कार्यालय बुटवलका कर अधिकृत तथा प्रशिक्षक अर्जुन पन्थी तथा भविश्वर पोखरेललाई धन्यवाद दिए। बुटवल नगर समितिका कार्यवाहक अध्यक्ष बसन्त रानाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै कर अधिकृत अर्जुन पन्थीले स्थायी लेखा नम्...
पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२ भदौ, गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । ...
टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न स्टार्ससँग खेल्दै

टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न स्टार्ससँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंअस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार विहान ७: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलिया पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम...
कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय

कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीसैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय विद्यालय देशभर १० वटा रहेका छन्। यसै अन्तर्गत रूपन्देहीको बुटबलमा पनि २०८१ वैशाख ६ गते नेपाल सरकारका तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माद्वारा उद्घाटन भएको थियो।करिब ९० करोडको लगानीमा बनेको बुटवलको सैनिक आवासीय महाविद्यालयमा आवश्यकता अनुसार लगानी बढाउने विद्यालयको योजना छ। उक्त विद्यालयमा सैनिक र गैरसैनिक दुवैका सन्ततिहरूले पढ्न पाउने व्यवस्था छ। सैनिकका सन्ततिहरूले ८० प्रतिशत सम्म छुट पाउने व्यवस्था छ।बुटबलको उक्त विद्यालयमा हाल २सय ५ जना विद्यार्थी पठनपाठन गरिरहेका छन्। अहिले कक्षा ६, ७, ८ ,९ र १० का कक्षाहरू सञ्चालन भइरहेका छन् भने क्रमश उत्तीर्ण भएका विद्यार्थीलाई सोही विद्यालयमा पढाउने गरी श्रेणी बढाउने गरेको छ ।कक्षा ६ ,७ र ८ का लागि ९ हजार आसपास मासिक शुल्क सँगै अन्य अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ, भने ९ र १० कक्षाका ल...
गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा शनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति" भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो । गायक रितु थापा, सपना गाहा तथा सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्...
शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल, १ भाद्र । रुपन्देहीमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू कानुनी दायराभन्दा बाहिर रहेर सञ्चालन भएको र सेवा प्रदान गर्दा सेवाग्राहीहरुलाई ठग्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लामा सञ्चालन भइरहेका ती केन्द्रहरुलाई सञ्चालन अनुमति कागजात पेस गर्न सात दिनको समय दिँदै निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालयले कतिपय परामर्श तथा प्रशिक्षण केन्द्रहरु गैरकानूनी ढंगले सञ्चालन भइरहेको र उनीहरुले सेवाग्राहीबाट अनुचित रकम लिने गरेको उजुरी र गुनासो आएपछि उक्त निर्देशन गरेको जनाएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरु कानुनी दायरामा नआएको र राज्यलाई राजश्व पनि नतिरेको भन्ने देखिएको तथा सेवाग्राहीहरुसँंग तोकिएको भन्दा बढी शुल्क लिने गरेको गुनासो धेरै आएपछि उ...
चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।सरकारले चालु आवमा रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट रू तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रू ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस...
माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो । हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´ हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका...
आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई ...