नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना



बुटवल
नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै इन्चार्ज खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरुले नेपालका वामपन्थी पार्टीहरु निराश हुनु नपर्ने बरु उत्साहित हुनु पर्ने बताए । विश्वव्यापी रुपमा पूजिवाद भन्दा कम्युनिस्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको खनालले बताए ।
ब्राजिलमा चौथो पटक कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित भएका र लाखौं जनता विजयउत्सव मनाउन सडकमा उत्रिएको घटना नेपालका वामपन्थीका लागि सकारात्मक भएको बताए । दीपक भट्ट जस्ता बिचौलिया दलाललाई प्रयोग गरेर केपी ओलीले नेपालमा कम्युनिष्ट एकता भताभुङ्ग बनाएको खनालको आरोप छ ।
खनालले जेन जी आन्दोलनले विश्वव्यापी रुपमा पुराना दल र नेतृत्वप्रति राम्रो काम गरेको भएपनि जबरजस्त नकारात्मक धारणा स्थापित गरिदिएका कारण अब पार्टीमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिए । पार्टीमा युवा पंक्ति नबढाउने हो भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, मोहन वैद्यको पार्टी जस्तो खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको स्पष्ट पारे ।

नेपाली कम्युनिष्ट पार्टी रुपन्द्येहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटनमा बोल्दै नेपाली कम्यूनिष्ट पार्टी ९नेकपा० का नेता तथा लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकारले पुलिस स्टेट बनाउन लागि परेको बताए । उनले पूर्वप्रधानन्यायधिशलाई सुरक्षा चुनौतीको वाहनामा पक्राउ गर्नेदेखि वहालवाला मन्त्रीलाई समेत १२ बजे राती थुन्न भन्ने आदेशले सरकार पुलिस स्टेट बनाउन अग्रसर रहेको बताएका हुन् ।

उनले सरकारको आलोचना गर्ने प्रेसदेखि लिएर न्यायलय, प्रहरी सबैलाई आफ्नो मातहतमा राख्ने काम भएको दावी गरे । उनले सरकारकै गृहमन्त्री सुधन गुरुङसँग हदबन्दी भन्दा बढी जग्गा देखिएको कारवाही नभएको बताए ।

‘हदबन्दी भन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ’ उनले प्रश्न गरे । उनले सुशासन, पारदर्शीताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दी भन्दा जग्गा र सुन हुने कुरा आफैमा आश्चर्यजनक रहेको बताए । ‘गिट्टी कुट्ने बुवा आमाको भिडियो आउँछ , मन्त्रीको सुन देखिन्छ’ उनले भने –‘रास्वपाका सांसद हुनेवितिकै सुन फल्छ ।’ नेकपाका केन्द्रीय संयोजन समिति सदस्य बरालले सुकुम्बासीलाई रुँदै पठाउने रास्वपाको सरकार गलत बाटोमा हिडेको बताए ।

उनले बुटवल सहित देशैभरका सुकुम्बासीहरुले पछि मात्रै लालपूर्जा पाएको बताए । उनले नागरिकता विवादमा परेकी तिब्बती शरणार्थीको छोरी र विदेशबाट करोडौं रकम खातामा आएकी आनी छोइङ डोल्मालाई छानवीन गरेर कारवाही गर्नुको साटो लुम्बिनी विकास कोषमा नियुक्ति दिइएकोमा पनि आपत्ति जनाए ।

नेकपाले जागरण अभियान अन्तर्गत सदस्यता विस्तार र संगठन विस्तार, आगामि स्थानीय तहको निर्वाचनको तयारी तथा सरकारका गलत कदमका विरुद्ध जनतालाई बुझाउने कार्यक्रम रहेको नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसिले बताए । यस्तै जागरण अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देही संयोजक बाबुलाल यादव, पूर्व प्रदेश सांसद दीपा विश्वकर्मा, नेता पुष्पराज ढकाल ‘क्षितिज’लगायतले बोलेका थिए ।

छुटाउनुभयो कि ?

आजको मौसम : चक्रवातको प्रभाव, भारी वर्षा र हिमपातको चेतावनी

आजको मौसम : चक्रवातको प्रभाव, भारी वर्षा र हिमपातको चेतावनी

बुटवलहाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा प...
प्रहरी संगठनलाई विवादमा तानेर चालबाजी गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजी गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौंकेही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूप्रति नेपाल ...
नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

बुटवलनेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्च...
एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

बुटवलकप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको ...