माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।
अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´

हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।चाडपर्व मनाउने नाममा विकृतिलाई प्राेत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हाे´उहाँले भन्नुभयाे-माैलिक कला, संस्कृतिकाे संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।´

छुटाउनुभयो कि ?

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार ...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्ध...