समाचार

नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौभारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो । संशोधित प्रावधानअनुसार अब भारतबाहिर नेपाल र भुटानमा भारतीय मुद्रा तथा आरबीआईका नोटहरू ( १०० रुपैयाँभन्दा माथिका उच्च मूल्यका नोट) बाहेक लैजान र ल्याउन अनुमति दिइनेछ । यसका साथै, नेपाल वा भुटान यात्रामा जाने भारतीय वा अन्य विदेशी नागरिकले १०० रुपैयाँभन्दा माथिका नोटसमेत २५ हजार भारुसम्म लैजान पाउने व्यवस्था गरिएको छ । यस्तै, नेपाल वा भुटानबाट भारत फर्किने यात्रुले पनि १०० रुपैयाँभन्दा माथिका भारतीय नोट २५ हजार भारुसम्म लैजान सक्नेछन् । नेपाल–भुटानका मुद्...
प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् ।प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् । ...
आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ। आज योःमरि पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका स...
एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेमा कुनै ध्रुव नहुने बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले तपाईँहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे। एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले स्पष्ट पारे। ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले। उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पारे। ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्...
रुपन्देही विद्युतिय व्यवसायी संघको सैनामैना कञ्चन गाउँ नगर अधिवेशन सम्पन्न

रुपन्देही विद्युतिय व्यवसायी संघको सैनामैना कञ्चन गाउँ नगर अधिवेशन सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीसैनामैना कञ्चन गाउँ नगर समितीको आठौं वार्षिक साधारण सभा तथा पांचौं अधिवेशन बुधबार रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि रुपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले उज्यालोका व्यवसायीहरुको भविष्य पनि उज्यालो रहेको र संगै समाजमा उज्यालो फैल्याउने र व्यवसाय संगै सामाजिक काममा सक्रिय रहँदै आएको वताए।खरालले गाउँ नगरले संघसंग र संघले महासंघसंगको सहकार्य बाट व्यवसायीका हकहितमा काम गर्दै आएको वताए।उनले महासंघ मार्फत विद्युतिय व्यवसायी समस्या र अगाडि वढ्न आवस्यक विषयहरु सरकार संग पुर्याउने गरेको धारणा राखे। जिल्लाले रुपन्देहीको तिलोत्तमा भलवारीमा संघको सचिवालय संगै कृयापुत्री हरूलाई समेत सेवा दिने गरि सामाजिक काममा समेत सक्रिय रहंदै आएको वताए। उनले संघले के दियो भन्दा पहिले आफूले के दिन सक्यौं भन्नेमा महत्व दिएमा संस्था संगै सम्पुर्ण व्य...
विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको ६ अंक भएको छ। अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ। यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो लम्बिएको छ। अहिलेसम्म ६ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको विराटनगरलाई प्लेअफमा स्थान पक्का गर्न सुदूरपश्चिम रोयल्ससँगको खेल जिन्तुपर्नेछ। विराटनगर र सुदूरपश्चिमको अन्तिम खेल शनिबार हुनेछ। ...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा अधिकारीलाई पक्राउ गरिएको छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको उजुरी परेपछि छानबिन शुरु भएको थियो । ...
व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँशिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् । मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् । उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन...
डिम्ब प्रकरण : महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा कारण देखाउ आदेश

डिम्ब प्रकरण : महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा कारण देखाउ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौ गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको घटनामा होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सोमबार कारण देखाउन आदेश जारी भएको छ ।सुनुवाइका क्रममा अदालतले अग्राधिकार दिँदै कारण देखाउन आदेश जारी गरेको हो । अधिवक्ता अंकिता त्रिपाठीले आइतबार दर्ता गरेको रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, महान्यायाधिवक्ता कार्यालय, उच्च सरकारी वकिल कार्यालय ललितपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) विपक्षी बनाइएको छ । रिटमा उल्लेख छ, “नाबालिकाहरूको उमेर ढाँटेर, अभिभावकको अनुमति बिना, बेहोस बनाएर र ९ घण्टाभन्दा बढी समय खानपान नदिई, योनीमार्गमार्फत चिकित्सकीय उपकरण प्रयोग गरी डिम्बाशयबाट डिम्ब निकालिएको घटना जबरजस्ती करणीको दायरामा पर्छ ।” मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) अनुसा...
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्। सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए। त्यसपछि उनले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफूले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइदिन प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका थिए। तर, मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा आज बिहान साढे ८ बजे नै बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको उपसभामुखको सचिवालयले जनाएको छ। ...