मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



बुटवल
पश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने अझै कायम रहेको छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस क्रममा हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहने सम्भावना छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?

हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

काठमाडौंडोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक ...
मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवलपश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौस...
एनपीएल: विराटनगरले सुदूरपश्चिमलाई हरायो, आज जनकपुर र पोखरा भिड्दै

एनपीएल: विराटनगरले सुदूरपश्चिमलाई हरायो, आज जनकपुर र पोखरा भिड्दै

काठमाडौंआन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभर...
पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...