मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक


काठमाडौँ

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।
उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्। सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए।

त्यसपछि उनले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफूले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइदिन प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका थिए।

तर, मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा आज बिहान साढे ८ बजे नै बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको उपसभामुखको सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...