मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक


काठमाडौँ

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।
उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्। सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए।

त्यसपछि उनले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफूले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइदिन प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका थिए।

तर, मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा आज बिहान साढे ८ बजे नै बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको उपसभामुखको सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...