
काठमाडौं
आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ ।
तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ ।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
आज जनकपुर र पोखरा भिड्दै
जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।
टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।
जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ ।
जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो ।
त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।