व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी


काठमाडौँ
शिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् ।

मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् ।

उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् ।

उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन भैरहेको छ । पिडित अविभावकहरुले पनि जानकारी दिन सक्नु हुनेछ ।’

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...