नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने


काठमान्डौ
भारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो ।

संशोधित प्रावधानअनुसार अब भारतबाहिर नेपाल र भुटानमा भारतीय मुद्रा तथा आरबीआईका नोटहरू ( १०० रुपैयाँभन्दा माथिका उच्च मूल्यका नोट) बाहेक लैजान र ल्याउन अनुमति दिइनेछ ।

यसका साथै, नेपाल वा भुटान यात्रामा जाने भारतीय वा अन्य विदेशी नागरिकले १०० रुपैयाँभन्दा माथिका नोटसमेत २५ हजार भारुसम्म लैजान पाउने व्यवस्था गरिएको छ ।

यस्तै, नेपाल वा भुटानबाट भारत फर्किने यात्रुले पनि १०० रुपैयाँभन्दा माथिका भारतीय नोट २५ हजार भारुसम्म लैजान सक्नेछन् । नेपाल–भुटानका मुद्राहरू समेत यी दुवै देशभित्र ल्याउन–लैजान सहज बनाइएको छ ।

तर, पाकिस्तान र बंगलादेशका नागरिकका लागि भने यो सुविधा उपलब्ध गराइएको छैन ।

यसअघि नेपालमा ठूला भारतीय नोटको कारोबारमा कडाइ थियो । अब नेपाल राष्ट्र बैंकले समन्वयात्मक व्यवस्था लागू गरेपछि यो निर्णय कार्यान्वयनमा आउनेछ, जसका कारण भारत–नेपाल आवागमन गर्ने पर्यटक तथा श्रमिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...