प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान


काठमाडौँ

प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।
बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।
प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...