मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान
रूपन्देहीमदिरा व्यवसायी संघ रुपन्देहीको १७औं साधारण सभा तथा नवौं अधिवेशनमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्पन्न भएको छ।बाबुराम ज्ञवालीको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय कार्यसमितिको पदस्थापन शनिबार बुटवलमा सम्पन्न भएको हो।
कार्यक्रममा वोल्दै मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराईले निवर्तमान कार्यसमितीलाई वधाई साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै संस्थाको नेतृत्वमा सधैं एउटै व्यक्तिहरू रहि नरहने र रहंदा वा नरहंदा सधैं व्यवसाय र व्यवसायीको हकहितका लागि उत्तरदायित्व निर्वाह गर्नु पर्ने वताएका छन् ।रुपन्देही सक्रियताका कारण प्रदेशमै उत्कृष्ट रहेको वताएका छन्। उनले व्यवसायीका आवाज जिल्ला संघले, जिल्लाका प्रदेश महासंघले र प्रदेशका केन्द्रले सम्वोधन गरिरहेको र थप व्यवसाय र संघ सक्रिय हुंदा समग्र व्यवसायीहरूको हकहित हुने धारणा राखे।स...







