समाचार

प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं

प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीब्र बनाउन पनि लामिछानेले आग्रह गरे। उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्। उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै के...
आज विश्व ध्यान दिवस

आज विश्व ध्यान दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसंयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ। गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो। नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो...
घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले बढेर ४१०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४००५ मा कारोबार भएको थियो । ...
जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना

जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ ।ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् । वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् । सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका ...
चुनाव सारे देशमा दुर्घटनामा जान्छ, हाम्रो शक्तिलाई खेलाँची नठानियोस् : प्रचण्ड

चुनाव सारे देशमा दुर्घटनामा जान्छ, हाम्रो शक्तिलाई खेलाँची नठानियोस् : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव सार्ने, पछि धकेले आफूहरू चुप नबस्ने चेतावनी दिएका छन्।काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूले देशैभरी जनताको महासागर उतारेको जिकिर गरे।उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको छौँ। यसलाई खेलाँची नठानियोस्। यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गरेर राजसंस्था ढाल्यो।’ ...
पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य

पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलप्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार आचार्यले पत्रकारिताको मर्यादा जोगाउन पत्रकार नै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ रूपन्देहीको सह आयोजनामा शनिबार बुटवलमा सम्पन्न पत्रकार आचार संहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अहिले बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालहरूको उपयोग बढेको र पत्रकारलेनै पत्रकारिताको विश्वासनीयता र निष्पक्षताबाट पहिचान जोगाइराख्नुपर्ने धारणा राखेका हुन् । सँगै सामाजिक सञ्जालमा विकृति बढेकोले नियमनको आवश्यकता महसुस गरेको बताए।पत्रकारिता बिस्तारै मर्दै गएकोले यसलाई जोगाई राख्न र थप सक्रिय बनाउन सरोकारवाला आफै जागरुक हुनुपर्ने भन्दै प्रेस काउन्सिलले सञ्चार माध्यमलाई सुव्यवस्थित बनाउन पहल गर्ने बताए।राज्यले पनि सञ्चारको मूल मर्मलाई अंगीकार गरी नियमन र प्रभावकारीता बढाउन चाहेको धारणा राखे।उनले अहिले आफू सु...
बुटवल औद्योगिक प्रदर्शनी: अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकनकर्तालाई

बुटवल औद्योगिक प्रदर्शनी: अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकनकर्तालाई

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै देखि बढेको चिसोमा अवलोकन कर्तालाई राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेशराज भट्टराईलगायतका कलाकारले भरपूर मनोरन्जन दिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा पहिलो बिदाको दिन परेकाले र चर्चित कलाकार आएकाले पनि शनिबार अवलोकन कर्ताको भीड बढेको हो । आइतबार हेमन्त शर्मा, भूमिका गिरी लगायतका कलाकार आउने बस्यालले जानकारी दिए । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ताको भीड भएको बताए ।शनिबार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगीहरु प्रदर्शनीको अवलोकनका लागि आएको प्रचार प्रसार स...
सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् ।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताइन् । “मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “ एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”‘हेलो सरकार’म...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ पुस, पोखरा । कास्कीको राजनीतिमा चर्चामा आइरहनेमध्येको एउटा नाम हो, कुमार खड्का । नेपाली कांग्रेसबाट प्रभावित भएर विद्यार्थी आन्दोलन हुँदै राजनीति थालेका खड्काले स्ववियु सभापति हुँदै विभिन्न समयमा कास्कीको राजनीतिलाई तरंगित पार्दै आएका छन् । इन्जिनियरिङका विद्यार्थी खड्का नेपाल विद्यार्थी संघबाट इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको स्ववियु सभापति भएपछि बेलायतमा केही वर्ष बिताएर नेपाल फर्के । माओवादी शान्ति प्रक्रिया हुँदै संविधान सभाको निर्वाचनमार्फत स्थापित भएर जातीय पहिचानसहितको राज्यको वकालत गर्न थालेपछि बेलायतबाट फर्किएका खड्का पोखरामा त्यसको विपक्षमा सक्रिय हुन थाले । क्षत्रीहरूलाई संगठित र आन्दोलित गर्दै आफूसमेत चर्चामा आएपछि अखण्ड नेपाल पार्टी खोले, समानुपातिकबाट एक सिट पाउँदा आफैं दोस्रो संविधानसभामा छिरे र मन्त्रीसमेत बने । उनीहरूले पोखरामा महायज्ञसमेत लगाए र न...
गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न

गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
सामाजिक एकता, भातृत्व र जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधरण सभा सम्म्पन भएको छ । गुल्मी रेसुङ्गा –६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा आज रूपन्देही स्थित साइनो पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष यज्ञनाथ मरासिनीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकारका उपसचिव अनन्तराज मरासिनीको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा विशिष्ट सदस्य नारायणप्रसाद अधिकारी तथा आजीवन सदस्य कमलप्रसाद मरासिनीले समाजले सामाजिक एकता, आपसी सद्भाव र सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा अझ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।वार्षिक प्रतिवेदन र आय–व्यय प्रस्तुतसाधारण सभामा अध्यक्ष मरासिनीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, कोषाध्यक्ष गुणनिधि ...