बुटवल औद्योगिक प्रदर्शनी: अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकनकर्तालाई


बुटवल
बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै देखि बढेको चिसोमा अवलोकन कर्तालाई राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेशराज भट्टराईलगायतका कलाकारले भरपूर मनोरन्जन दिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा पहिलो बिदाको दिन परेकाले र चर्चित कलाकार आएकाले पनि शनिबार अवलोकन कर्ताको भीड बढेको हो । आइतबार हेमन्त शर्मा, भूमिका गिरी लगायतका कलाकार आउने बस्यालले जानकारी दिए । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ताको भीड भएको बताए ।
शनिबार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगीहरु प्रदर्शनीको अवलोकनका लागि आएको प्रचार प्रसार संयोजक इं किरण खरेलले जानकारी दिए। रुपन्देही उद्योग संघले प्रदर्शनीको तयारीका क्रममा भारतमा पुगेर यसको अवलोकनका लागि आमन्त्रण गरेको थियो ।
शनिबार प्रदर्शनी स्थलमा नेपाल पत्रकार महासंघ रुपन्देहीले राखेको फोटो प्रदर्शनीसहित स्वदेशी उद्योगहरुको प्रदर्शनी हेर्न प्रेस काउन्सिल नेपालमा अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य सन्तराम बिडारी, सहप्रशासकीय अधिकृत रामशरण बोहोरा आएका थिए। डा. आचार्यले प्रदर्शनीमा राखिएका फोटाहरुले पत्रकारिताको इतिहास मात्रै नभएर यस क्षेत्रको पुरानो अवस्था झल्काएको बताउँदै यसलाई अझै व्यवस्थित बनाएर जानपर्ने बताए।


रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा शुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका थिए । बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहेको महासचिव सुमन बस्यालले बताए ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने कोषाध्यक्ष विशाल वेल्वासेको भनाइ छ ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...