आज विश्व ध्यान दिवस


काठमाडौं
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो।

गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ।

त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...