प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं


काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीब्र बनाउन पनि लामिछानेले आग्रह गरे। उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्। उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीलाई भेट्न सभापति लामिछाने उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले लगायत नेतालाई लिएर आइतबार साँझ बालुवाटार पुगेका थिए। भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।

सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज पार्टी बैठकको अध्यक्षता गरी प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो। लामिछानेले जेलबाट छुटे लगत्तै सरकारप्रति समर्थन जनाएका थिए।

प्रधानमन्त्री कार्की प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भने भेट गर्न अनिच्छुक रहँदै आएकी छन्।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...