प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं


काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीब्र बनाउन पनि लामिछानेले आग्रह गरे। उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्। उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीलाई भेट्न सभापति लामिछाने उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले लगायत नेतालाई लिएर आइतबार साँझ बालुवाटार पुगेका थिए। भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।

सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज पार्टी बैठकको अध्यक्षता गरी प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो। लामिछानेले जेलबाट छुटे लगत्तै सरकारप्रति समर्थन जनाएका थिए।

प्रधानमन्त्री कार्की प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भने भेट गर्न अनिच्छुक रहँदै आएकी छन्।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...