गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न


सामाजिक एकता, भातृत्व र जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता

गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधरण सभा सम्म्पन भएको छ । गुल्मी रेसुङ्गा –६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा आज रूपन्देही स्थित साइनो पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष यज्ञनाथ मरासिनीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकारका उपसचिव अनन्तराज मरासिनीको प्रमुख अतिथ्यता रहेको थियो।
कार्यक्रममा विशिष्ट सदस्य नारायणप्रसाद अधिकारी तथा आजीवन सदस्य कमलप्रसाद मरासिनीले समाजले सामाजिक एकता, आपसी सद्भाव र सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा अझ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
वार्षिक प्रतिवेदन र आय–व्यय प्रस्तुत
साधारण सभामा अध्यक्ष मरासिनीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, कोषाध्यक्ष गुणनिधि अधिकारीले समाजको आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक पारदर्शिताप्रति संस्थाको प्रतिबद्धता स्पष्ट पार्नुभयो।
SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित
कार्यक्रमको विशेष आकर्षणका रूपमा माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.०० जिपिए प्राप्त गर्ने प्रतिक पौडेल र अपेक्षा अर्याललाई सम्मान गरिएको थियो। समाजले शैक्षिक उपलब्धिलाई उच्च प्राथमिकता दिँदै प्रतिभा पहिचान र प्रोत्साहनलाई निरन्तरता दिएको जनाइएको छ।

विशिष्ट तथा आजीवन सदस्य सम्मान
सभामा १० हजार रुपैयाँ सहयोग गरी विशिष्ट सदस्यता ग्रहण गर्नुहुने ६ जना व्यक्तित्वहरूलाई सम्मानपत्र सहित सम्मान गरिएको छ। साथै, ५ हजार रुपैयाँ सहयोग गरी आजीवन सदस्य बन्नुभएका करिब ५५ जना सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै समाजप्रतिको योगदानको कदर गरिएको थियो।
कार्यक्रमको सञ्चालन समाजका सचिव नारायण प्रभात मरासिनीले गर्नु भएको थियो।

जन्मभूमि र कर्मथलो जोडने प्रयास
गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाज गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल रुपन्देहीलाई कर्मथलो बनाइ बसोबास गर्ने व्यक्तिहरूको साझा सामाजिक संस्था हो। साविकको अर्खले गाविस वडा नं. १ र २ तथा नयांगाउँ गाविस वडा नं. ८ र ९ समेटिएर बनेको हालको रेसुङ्गा वडा नं. ६ वरपर जन्म भई हाल बुटवल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा समाज गठन गरिएको हो।
बसाइँसराइका कारण जन्मथलो टाढा भए पनि आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, सुख–दुःखमा साथ सहयोग गर्ने, विपन्न तथा समस्यामा परेकाहरूलाई सहयोग पुर्‍याउने र जन्मभूमिप्रतिको माया तथा कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यका साथ समाज स्थापना गरिएको अध्यक्ष मरासिनीले जानकारी दिनुभयो।
सामाजिक सद्भाव र एकताको अभ्यास
गुल्मी रेसुङ्गा–६ अन्तर्गतका ठुला चेक्मी, बालकाटे, अत्तरकाँडा, गुरुङगाउँलगायतका गाउँबाट विभिन्न पेशा, व्यवसाय र रोजगारीको सिलसिलामा बुटवल झरेका व्यक्तिहरूको उल्लेखनीय सहभागितासहित समाजले सामाजिक सद्भाव, भातृत्व र सहकार्यको संस्कृतिलाई मजबुत बनाउँदै आएको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...