पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य


बुटवल
प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार आचार्यले पत्रकारिताको मर्यादा जोगाउन पत्रकार नै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ रूपन्देहीको सह आयोजनामा शनिबार बुटवलमा सम्पन्न पत्रकार आचार संहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अहिले बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालहरूको उपयोग बढेको र पत्रकारलेनै पत्रकारिताको विश्वासनीयता र निष्पक्षताबाट पहिचान जोगाइराख्नुपर्ने धारणा राखेका हुन् । सँगै सामाजिक सञ्जालमा विकृति बढेकोले नियमनको आवश्यकता महसुस गरेको बताए।
पत्रकारिता बिस्तारै मर्दै गएकोले यसलाई जोगाई राख्न र थप सक्रिय बनाउन सरोकारवाला आफै जागरुक हुनुपर्ने भन्दै प्रेस काउन्सिलले सञ्चार माध्यमलाई सुव्यवस्थित बनाउन पहल गर्ने बताए।
राज्यले पनि सञ्चारको मूल मर्मलाई अंगीकार गरी नियमन र प्रभावकारीता बढाउन चाहेको धारणा राखे।
उनले अहिले आफू सुन्ने र बुझ्ने क्रममा रहेको र त्यसका आधारमा काम गर्नेसोचमा रहेको धारणा राखे। पत्रकारितालाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको बताए।
आचार्यले पत्रकारितामा आफूले राजनीति पूर्वाग्रह नराख्ने र सञ्चारमाध्यमलाई सही अनुसार मार्ग निर्देशन गर्ने औलाए।

प्रेस काउन्सिल नेपालका सदस्य तथा अनलाइन नियमन संयोजक शान्तराम बिडारीले काउन्सिलले सञ्चारमाध्यमलाई सशक्त बनाउन चाहेको भन्दै पत्रकार महासङ्घका अध्यक्षनै प्रेस काउन्सिलको पदेन सदस्य रहने व्यवस्था हुनाले प्रत्येक पत्रकार र सञ्चारमाध्यमले सम्वन्धित कामहरु महासंघका जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गर्दा प्रेस काउन्सिल समक्ष पुग्न सहज हुने बताए ।
उनले पत्रकार जवाफदेही बन्ने र बढ्दो सामाजिक सञ्जालको दुरुपयोगको नियमनसँगै अगाडि बढ्दा उपयुक्त रहने महसुस गरेको र थालनी भएको धारणा राखे।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारितामा सामाजिक सञ्जालको दुरुपयोग ,राजनीतिक प्रभाव, साधन स्रोतको अभाव लगायतका विषयले समस्या पैदा भएकोले पत्रकार स्वयं, सञ्चारमाध्यम, महासंघ र प्रेस काउन्सिलले समाधान र प्रोत्साहनका योजनाहरु अगाडि सार्न आवश्यक रहेको धारणा राखे।
महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले सञ्चारजगतलाई सञ्चारकर्मी र सञ्चारमाध्यमहरूले नै आचारसंहिता पालना गरी मर्यादित बनाउनुपर्ने धारणा राखे।उनले अहिले पत्रकारितामा राजनीतिक र आर्थिक जस्ता कारणले मर्यादामा आँच आएको बताए।
महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रशिक्षण प्रभावकारी रहेको बताउँदै पत्रकार, सञ्चारमाध्यम , महासंघ र प्रेस काउन्सिल सबैको समन्वयमा पत्रकारिताको शाख जोगाइ राख्न र थप बढाउन आवश्यक रहेको बताए।
पाण्डेले अहिले सामाजिक सञ्जालमा सञ्चार माध्यममा भन्दा बढी विज्ञापनहरू देखिएकाले नियामक निकाय प्रेस काउन्सिलले सञ्चार माध्यममा विज्ञापन आउने गरी पहलकदमी लिन आवश्यक रहेको औल्याए।
कार्यक्रमका प्रशिक्षक प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण दिँदै पत्रकार र सञ्चारमाध्यमहरूले पालना गर्नुपर्ने आचारसंहिता र प्रक्रियाको बारेमा प्रशिक्षण दिँदै समस्याको समाधानका प्रक्रियाका बारेमा जानकारी गराएको कार्यक्रममा जिल्ला उपाध्यक्ष विश्वास ढकालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण महासङ्घका जिल्ला सचिव सीपी खनालले गरेका थिए।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...