पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य


बुटवल
प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार आचार्यले पत्रकारिताको मर्यादा जोगाउन पत्रकार नै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ रूपन्देहीको सह आयोजनामा शनिबार बुटवलमा सम्पन्न पत्रकार आचार संहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अहिले बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालहरूको उपयोग बढेको र पत्रकारलेनै पत्रकारिताको विश्वासनीयता र निष्पक्षताबाट पहिचान जोगाइराख्नुपर्ने धारणा राखेका हुन् । सँगै सामाजिक सञ्जालमा विकृति बढेकोले नियमनको आवश्यकता महसुस गरेको बताए।
पत्रकारिता बिस्तारै मर्दै गएकोले यसलाई जोगाई राख्न र थप सक्रिय बनाउन सरोकारवाला आफै जागरुक हुनुपर्ने भन्दै प्रेस काउन्सिलले सञ्चार माध्यमलाई सुव्यवस्थित बनाउन पहल गर्ने बताए।
राज्यले पनि सञ्चारको मूल मर्मलाई अंगीकार गरी नियमन र प्रभावकारीता बढाउन चाहेको धारणा राखे।
उनले अहिले आफू सुन्ने र बुझ्ने क्रममा रहेको र त्यसका आधारमा काम गर्नेसोचमा रहेको धारणा राखे। पत्रकारितालाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको बताए।
आचार्यले पत्रकारितामा आफूले राजनीति पूर्वाग्रह नराख्ने र सञ्चारमाध्यमलाई सही अनुसार मार्ग निर्देशन गर्ने औलाए।

प्रेस काउन्सिल नेपालका सदस्य तथा अनलाइन नियमन संयोजक शान्तराम बिडारीले काउन्सिलले सञ्चारमाध्यमलाई सशक्त बनाउन चाहेको भन्दै पत्रकार महासङ्घका अध्यक्षनै प्रेस काउन्सिलको पदेन सदस्य रहने व्यवस्था हुनाले प्रत्येक पत्रकार र सञ्चारमाध्यमले सम्वन्धित कामहरु महासंघका जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गर्दा प्रेस काउन्सिल समक्ष पुग्न सहज हुने बताए ।
उनले पत्रकार जवाफदेही बन्ने र बढ्दो सामाजिक सञ्जालको दुरुपयोगको नियमनसँगै अगाडि बढ्दा उपयुक्त रहने महसुस गरेको र थालनी भएको धारणा राखे।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारितामा सामाजिक सञ्जालको दुरुपयोग ,राजनीतिक प्रभाव, साधन स्रोतको अभाव लगायतका विषयले समस्या पैदा भएकोले पत्रकार स्वयं, सञ्चारमाध्यम, महासंघ र प्रेस काउन्सिलले समाधान र प्रोत्साहनका योजनाहरु अगाडि सार्न आवश्यक रहेको धारणा राखे।
महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले सञ्चारजगतलाई सञ्चारकर्मी र सञ्चारमाध्यमहरूले नै आचारसंहिता पालना गरी मर्यादित बनाउनुपर्ने धारणा राखे।उनले अहिले पत्रकारितामा राजनीतिक र आर्थिक जस्ता कारणले मर्यादामा आँच आएको बताए।
महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रशिक्षण प्रभावकारी रहेको बताउँदै पत्रकार, सञ्चारमाध्यम , महासंघ र प्रेस काउन्सिल सबैको समन्वयमा पत्रकारिताको शाख जोगाइ राख्न र थप बढाउन आवश्यक रहेको बताए।
पाण्डेले अहिले सामाजिक सञ्जालमा सञ्चार माध्यममा भन्दा बढी विज्ञापनहरू देखिएकाले नियामक निकाय प्रेस काउन्सिलले सञ्चार माध्यममा विज्ञापन आउने गरी पहलकदमी लिन आवश्यक रहेको औल्याए।
कार्यक्रमका प्रशिक्षक प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण दिँदै पत्रकार र सञ्चारमाध्यमहरूले पालना गर्नुपर्ने आचारसंहिता र प्रक्रियाको बारेमा प्रशिक्षण दिँदै समस्याको समाधानका प्रक्रियाका बारेमा जानकारी गराएको कार्यक्रममा जिल्ला उपाध्यक्ष विश्वास ढकालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण महासङ्घका जिल्ला सचिव सीपी खनालले गरेका थिए।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...